Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पूर्व एमालेमा नेतागत गुट हुँदा एकताले गति लिएन : भट्ट

Lekhraj-1565230217.jpg

२३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन् । 
नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे। ‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुन्थ्यो। साविकको एमालेमा मैले त्यो देखिन’, उनले भने, ‘केन्द्रीत नहुँदा समस्या आउँछ। त्यो समस्याले एकतालाई ढिला गरिरहेको छ तलैसम्म।’
‘साविक एमालेमा स्थायी प्यानल, नेतागत गुट छन्। कसको पर्यो भागमा, को कति पर्यो भन्ने छ। त्यसले एकतालाई तन्काएको हो किरु’ नेता भट्टले प्रश्न गरे। 
साविक माओवादीमा जतिसुकै विवाद भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुनेगरेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘यता ९एमाले० केन्द्रीत भएको देख्दिन्। कसले के राख्ने अध्यक्षमा केन्द्रीत हुनुपर्ने हो, तर त्यसो भइरहेको छैन। त्यसले केही समस्या पैदा भएको छ। एकता प्रक्रियालाई पनि लम्ब्याएको छ।’
अहिले पार्टीमा साविक माओवादीले कति लिने, एमालेले कति लिने, को ले लिने भन्ने समस्या देखिएको र त्यो विवाद स्कुल विभागमा छताछुल्ल भएको बताउँदै भट्टले अगाडि भने, ‘स्कुल विभागमा प्रतिस्पर्धा भएको छ। नेता भट्टले स्कुलिङमात्र नभई अन्य विभागमा पनि कुरा नमिल्दा एकता लम्बिएको स्वीकार गरे। ‘तीन महिनामा मिल्ने भनेको एकता अहिले डेढ वर्षसम्म पनि पुरा भएन। किन भएन भनेर समीक्षा गर्नैपर्छ।’ नेता भट्टले आफूहरु हिजोको सिद्धान्त र व्यवहारमा नहिँडेको र बाटो विराएको पनि स्वीकार गरे। 
पार्टी एकताको काम नटुंगिँदा तथा सामूहिक निर्णय नहुँदा सरकारका निर्णयहरु विवादमा परेको उनको भनाई छ। 
‘विप्लवलाई सम्झिरहन्छु’
नेता भट्टले आफूले पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवलाई अहिले पनि सम्झिरहने बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेतीमहाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ। अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के होरु सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’
साभार : नागरिक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार