Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

हेटौँडामा डेंगुका विरामी बढ्दो, यस्तो छ बच्ने उपाय

Dengue-Fever-1565231175.jpg

२३ साउन, हेटौँडा । पछिल्लो समय हेटौँडामा डेंगुको विरामी फेला पर्ने क्रम बढेको छ । हेटौँडा अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा डेंगुका विरामी बढेका छन् । डेंगुबारे कम जानकारी हुँदा यसको प्रभाव बढिरहेको छ । त्यसैले डेंगुबारे केही जानकारी प्रस्तुत गरिएको छ ।
#के हो डेंगु ?
विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू। यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ । यो भाइरसको ४ वटा सेरोटाइप्स (DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ ।

#कसरी लाग्छ डेंगु
एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन ।

#लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ। ज्वरोका साथै निम्न लक्षणहरू प्नि देखापर्छन्।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसपेसी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ ।

#बच्ने उपाय
– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानि जम्न नदिने।
– पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ।
– घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ।

#कसरी गरिन्छ परीक्षण ?
यसको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट​ तथा सेरोलोजिकल टेस्टहरु प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ ।यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ​ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निशुल्क गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार