Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वोच्चले मगायो

Supreme-1565311832.jpg

२४ साउन, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले विहीबार सम्पत्ति शुद्धिकरणको विषयमा उनीमाथि गरिएको फाइल विभागबाट मगाएको समाचार नागरिकमा छ ।
सुमार्गीले नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धिकरणको विषयमा गरेको अनुसन्धानको फाइल मगाएको हो। नेपाल राष्ट्र बैंकले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइल मगाइएको हो। 
सो विषयमा सर्वोच्च अदालतमा दुई बर्षदेखि मुद्दा विचाराधिन छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको छ। आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वोच्च अदालमा पुगेका थिए। 
सुमार्गीले वैदेशिक लगानी ल्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट ती निकायले आफूलाईं हैरानी दिएको दावीसहित रिट दर्ता गराएका थिए।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले माघ २३ गते सुमार्गीले चाहेको बेला रकम निकाल्न पाउनेगरी अन्तरिम आदेश जारी गरेको थियो। रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न पाउने उक्त आदेशमा उल्लेख थियो। पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।
लगानीका लागि भन्दै सुमार्गीले विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद देखिएको आधारमा नेपाल राष्ट्र बैंकले सुमार्गीको उक्त रकम रोक्का राखेको थियो।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो। उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने सोही पत्रका आधारमा सुमार्गीले ल्याउन खोजेको सो रकम रोक्का रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

थप समाचार