२४ साउन, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले विहीबार सम्पत्ति शुद्धिकरणको विषयमा उनीमाथि गरिएको फाइल विभागबाट मगाएको समाचार नागरिकमा छ ।
सुमार्गीले नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धिकरणको विषयमा गरेको अनुसन्धानको फाइल मगाएको हो। नेपाल राष्ट्र बैंकले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइल मगाइएको हो।
सो विषयमा सर्वोच्च अदालतमा दुई बर्षदेखि मुद्दा विचाराधिन छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको छ। आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वोच्च अदालमा पुगेका थिए।
सुमार्गीले वैदेशिक लगानी ल्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट ती निकायले आफूलाईं हैरानी दिएको दावीसहित रिट दर्ता गराएका थिए।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले माघ २३ गते सुमार्गीले चाहेको बेला रकम निकाल्न पाउनेगरी अन्तरिम आदेश जारी गरेको थियो। रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न पाउने उक्त आदेशमा उल्लेख थियो। पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।
लगानीका लागि भन्दै सुमार्गीले विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद देखिएको आधारमा नेपाल राष्ट्र बैंकले सुमार्गीको उक्त रकम रोक्का राखेको थियो।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो। उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने सोही पत्रका आधारमा सुमार्गीले ल्याउन खोजेको सो रकम रोक्का रहेको थियो ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

