१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो ।
सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ । एकाविहानै सडक विस्तारका लागि डोजर चल्न थालेपछि सडक विस्तार हुँदैन भन्नेहरु समेत चकित परेका छन् । सडक विस्तारको काम हेर्न सर्वसाधारणको भिड लागेको थियो । सडक विस्तारको काम हेर्न पुगेकाहरु समेत अब भने सडक विस्तार हुने निश्चत भएको बताईरहेका पाईए । केही भने सरकारी कार्यालय भत्काए पनि नीजि घर भत्काउन गाह्रो रहेको बताईरहेका थिए ।
बुधबार सडक र प्रहरी कार्यालयको पर्खाल भत्काईएको छ । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गमा रहेका हेवि इकुमेन्ट, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, जिल्ला हुलाक, नेपाल टेलिकम, हेटौँडा अस्पताल, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र औद्योगिक क्षेत्रमा रहेका घर, टहरा र पर्खाल भत्काइने जनाईएको छ ।
सरकारी कार्यालयका संरचना भत्काउने काम सकिएसँगै नीजि संरचना भत्काउने सरकारी तयारी छ ।
तस्विरहरु : प्रष्टखबर डट कम र भिमसेन महतको फेसबुकबाट
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



