Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

२० बर्षदेखि चुच्चेखोलामा खुवा बेच्दै मानन्धर

IMG_20190813_070849-1565659537.jpg

सुनिल शिवाकोटी

२८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।  

प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको  चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने चुच्चेखोला हेटौंडाबजारबाट कान्तिलोकपथ हुदै पुग्न सकिन्छ। चुच्चे खोला अहिले खुवा पारखीहरुको आर्कषणको केन्द्र बन्दै गएको छ।

पूर्वपपश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चीत छ यहाँको खुवा । हरेक दिन बिहान देखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ । 

 राजपथको उत्तरपट्टि रहेको छ मानन्धरले संचालन गरेको कृष्ण कन्हैया खुवा भण्डार। उक्त स्थानमा लहरै रहेका झण्डै एक दर्जन भन्दा बढी खुवा पसलहरु भएतापनि  उनको भण्डारमा ग्राहकहरुको बाक्लो भिड लाग्ने गरेको देख्न सकिन्छ । 

२०५६ साल तिरबाट खुवाबनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउदैनन्। दैनिक १५० लिटर दुध खपत गरेर २० किलो भन्दा बढी खुवा बनाउने गरेको मानन्धरले बताएका छन्।  

 स्थानिय कृषक तथा डेरीबाट दुध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा विरगञ्ज, चितवन, जनकपुर काठमाडौसम्म पुग्ने गरेको बताउछन मानन्धर। विसं २०५६ सालबाट खुवा बेच्दै आएका मानन्धर खुवाकै व्यापारबाट अहिले मासिक ५० हजार आम्दानी गर्दछन। 

प्रति किलो ५ सय पर्ने खुवा सबैैैलेेे देख्ने गरि बनाइन्छ जसको मीठो बासनाले गर्दा होला लोकपथ भएर यात्रा गर्ने होस या गर्मी छल्न आउने भिआपी,मन्त्री वा सर्वासाधरण जो कोहि पनि खुवाको मीठो बास्नालाई स्वादमा परिणत गरेर जाने गर्दछन ।

चुच्चेखोलाको खुवाको चर्चा धेरै सन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो, मानन्धरको पसलमा खुवा खादै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका १० बस्ने लुटावन चौधरीले बताए।

चौधरीले आफु तराईकोे बसिन्दा भएपनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए ।  

खुवा घोटदै मानन्धरले दुधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुने र खुवा तयार गर्न ३० मिनेट देखि ४५ मिनेट लाग्ने बताए ।  यस पेशाबाट आफुले घर व्यबहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफु यस व्यवसायबाट सन्तुष्ट गरेको बताए । मानन्धरले यस व्यवसायलाई फराकिलो बनाएका छन।उनले  अहिले खुवा र दुधबाट बन्ने मिठाई व्यापार समेत सुरु गरेका छन।

उनको २० बर्ष देखीको पेशा र पेशा प्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको नाम कमाउन सफल भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार