२८ साउन, हेटौँडा । डिभिजन सडक कार्यालयले सडक विस्तारका क्रमलाई अघि बढाईरहेको बेला अचानक ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अभिव्यक्ति सार्वजनिक भयो ।
दुई दिन अघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा उनले हेटौंडामा २५ मिटर हैन १६ मिटर सडक विस्तार हुने उद्घोष गरे । २५ मिटर सडक भत्किए आफुले समेत ‘कुम्लो’ बोकेर हिड्नुपर्ने अभिव्यक्ति दिए । उनले बाईपास बनाउन बजेट विनियोजन भएको समेत बताए । १६ मिटर सडक विस्तार हुने हो भने आफुले नै घर भत्काउन अघि बढ्ने पनि बताए । यसरी हेर्दा मुख्यमन्त्रीले २५ मिटर सडक विस्तारलई आफ्नो प्रतिष्ठासंग जोडेर हेरेको प्रष्ट हुन्छ ।
तर यता राजमार्ग नै विस्तार गरिरहेको डिभिजन सडक कार्यालयले भने बाराको अमलेखगञ्ज्देखि ३ नम्बर पुलसम्म र मकवानपुरको लोथरदेखि मनहरीसम्म सडक विस्तार गर्ने क्रममा २५/२५ मिटरलाई नै मापदण्ड बनाएर संरचनाहरु भत्काईरहेको छ । ‘यस्तो अवस्थामा हेटौँडामा अब के हुन्छ ?’–सर्वसाधारणहरु अन्यौलमा छन् । केहीले मूख्यमन्त्री हेटौँडा बजारको मात्रै मूख्यमन्त्री नभएर प्रदेशकै मूख्यमन्त्री भएकाले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन भएको बताउँछन् भने केहीले बजार जोगाउन सहि अभिव्यक्ति भनिरहेका छन् ।
कानूनी अड्चन टुंगो लगाएर सडक विस्तार गर्ने कामलाई गति दिने तयारी गरिरहेको डिभिजन सडक कार्यालय पनि मूख्यमन्त्रीको कडा अभिव्यक्तिले ‘पर्ख’ अवस्थामा पुगेको छ । मनहरीसम्म आफ्नो काम अघि बढाएको कार्यालय अहिले हेटौँडातर्फ अघि बढ्न नसक्नु मूख्यमन्त्रीकै अभिव्यक्तिको असरको रुपमा लिईएको छ ।
सडक विस्तारबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख सुमन योगेश फोन ‘रसिभ’ गर्दैनन् भने सूचना अधिकारी जयराम अधिकारीको मोवाईल केहि दिनदेखि स्विच अफ छ । यसले उनीहरु रक्षात्मक अवस्थामा पुगेको त हैन भन्ने प्रश्न उव्जिएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



