Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

गुण नियन्त्रण कार्यालय हेटौंडाले गर्यो वार्षिक समिक्षा

IMG_20190822_173449-1566475210.jpg

५ भदौ, हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडाले वार्षिक प्रगतीको समिक्षा गरेको छ। यसैक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडामा आर्थिक वर्ष २०७५/७६मा बिभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा ७९ मुद्दा दायर भएको जनाएको छ।

कार्यालयले बिहिबार हेटौंडा २०७५/७६को वार्षिक प्रगती समिक्षा कार्यक्रममा र पत्रकार भेटघाटको आयोजना गर्दै यसो बताएको हो।कार्यालयकी खाद्य अनुसन्धानअधिकृत सिर्जना महर्जनले वार्षिक प्रगती प्रस्तुतीका क्रममा कार्यलयले आथिर्क वर्ष २०७५/७६ मा हेटौंडाका विभिन्न ४ सय ६५ स्थानमा अनुगमन गरेको र अनुगमनका क्रममा ७९ वटा मुद्दा दर्ता भएको तर अहिले सम्म कुनै पनि मुद्दाको फैसला नभएको बताइन।

देश प्रदेशमा विभाजन भएसँगै कार्यालयको कार्य क्षेत्र खुम्चिएर  सिन्धुली, चितवन र मकवानपुर गरी ३ जिल्लामा मात्र क्षेत्रधिकार रहेको कार्यालयले गत आर्थिक वर्षमा मकवानपुरका ३ स्थानिय तह थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका ३ होटल, रेष्टुरेन्टलाई हरियो दुई तारा भएको लोगो प्रदान गरेको, त्यसैगरी थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका मा रहेका १९ वटा होटल, रेष्टुरेन्टलाई हरियोमा एक तारा लोगो प्रदान गरेको , तिनै स्थानका १७ होटल, रेष्टुरेन्टलाई पहेंलो लोगो  र थाहानगरपालिकामा१०,हेटौंडाउपमहानगरपालिकामा १७ र इन्द्रसरोवर गाउँपालिका १२ गरी जम्मा ३९ होटल, रेष्टुरेन्टलाई बिभिन्न तहको लोगो प्रदान गरेको महर्जनले बताइन।

कार्यालयले गत आर्थिक वर्षमा २१६ पटक बजार अनुगमन,२सय ७४ पटक खाद्य उद्योगको अनुगमन, १सय ३९ पटक होटल, रेष्टुरेन्ट र मिठाई पसलको  अनुगमन, २५  पटक संयुक्त अनुगमन र १० पटक दाना उद्योगको अनुगमन गरिएको अधिकृत महर्जनले बताइन।कार्यक्रममा कार्यालयका प्रमुख सोमकान्त रिजालको, संचारकर्मीहरुको उपस्थित रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार