Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

घाम ताप्दा यस्तो फाइदा हुन्छ

hqdefault-1483856494.jpg

२४ पुस । घामबाट धेरै किसिमको फाइदा हुन्छ त्यसैले सकेसम्म घाममा बस्नु जरुरी छ । घाममा बस्दाका निम्न फाइदाहरु हुन्छन् । 

रक्तचाप घटाउँछः सूर्यको प्रकाश छालामा पर्ने बित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्कासन हुन्छ। युनिर्भसिटी अफ इडनबर्गको एउटा अनुसन्धानले नाइट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्ने देखाएको छ। तसर्थ घाममा बस्दा रक्तचापका बिरामीलाई फाइदा पुग्छ।

प्रतिरोधात्मक क्षमता वृद्धिः रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न भिटामिन डीको महत्व हुन्छ। घामबाट पाइने भिटामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ। घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ।

हड्डीको वृद्धिः सूर्यको प्रकाशले ताप दिँदा भिटामिन डी–३ बन्छ। भिटामिन डी–३ ले शरीरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ। भिटामिन डी–३ र हड्डीको वृद्धि तथा विकासबीच प्रत्यक्ष सम्बन्ध रहेको अध्ययनहरुले देखाएका छन्। शरिरमा उच्च मात्रामा डी–३ भएमा जोर्नीको दुखाइ कम गर्ने र हातखुट्टा वा शरीरका अन्य अंग भाँचिने खतरा कम हुन्छ।

छालालाई फाइदाः सूर्यको प्रकाशले छालालाई पनि फाइदा गर्छ। निरन्तर घाममा बस्दा छालाजन्य रोग र संक्रमण लाग्दैन।

श्वासप्रश्वास सम्बन्धी समस्या घटाउँछःभिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ। यस्तै, अमेरिकाको युनिर्भसिटी अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले वृद्धवृद्धामा संक्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। वृद्धवृद्धाको श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ।

डिप्रेसनबाट जोगाउँछः सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ। नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बच्न सक्ने अध्ययनहरुले देखाएका छन्। घामले शरीरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ ।

स्रोत : स्वास्थ्य खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार