Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सखित्वको अध्यक्षमा पुनः घिमिरे चयन

20190831_092632-1567237471.jpg

१४ भदौ, हेटौँडा । हेटौँडा-५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः बालकृष्ण शर्मा घिमिरे चयन भएका छन् ।
संस्थाको शनिबार सम्पन्न नवौ बार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुरुषोतम पौडेल, सचिवमा लिलानाथ ढुंगेल, कोषाध्यक्षमा सन्दिप सापकोटा र सदस्यहरु दुर्गा सञ्जेल, निशा मानन्धर, अर्जुन देवकोटा, सुनिता ढुंगेल, मुनालराज न्यौपाने चयन भएका छन् । त्यसैगरी, लेखा समिति संयोजकमा गोविन्द पोखरेल, सदस्यहरुमा रामु कँडेल र जानकी शर्मा चयन भएका छन् ।
हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले बार्षिक प्रतिवेदन, सचिव लिलानाथ ढुंगेलले प्रगति र लेखा समिति प्रतिवेदन र ऋण समिति संयोजक गोविन्द पोखरेलले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा सल्लाहकार देवीराम लामा, उपाध्यक्ष पुरुषोतम पौडेल, पूर्व उपाध्यक्ष विष्णुहरी पण्डित, हेटौँडा क्याम्पसका प्रमुख देबचन्द्र मानन्धर, सदस्य दुर्गा सञ्जेल, शेयर सदस्यहरु दाशरथी उपाध्याय, रामबाबु भण्डारी, उत्तम अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ सय ६५ शेयर सदस्य रहेको संस्थाले गत आर्थिक बर्षमा २ करोड ७६ लाख ५५ हजार २ सय ४० रुपैँया कारोबार गरेको संस्थाले जनाएको छ । साधारणसभाको अवसरमा संस्थाले मामाघर नेपालमा आश्रित बालबालिकालाई विहानको भोजन गराएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार