२९ पुस, हेटौंडा । मकवानपुरगढी-४ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा हरिकुमार हुमागाई चयन भएका छन् । संस्थाको शुक्रबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले हुमागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा मानकुमारी पन्त र सदस्यहरुमा गौतम थिङ, रामहरी बुढाथोकी, घगराज न्यौपाने, विविमाया रुम्बा, सानुकाजी बजगाई, विष्णु चौरेल, हेमनाथ न्यौपाने चयन भएका छन् ।
सभामा संस्थाका अध्यक्ष ईन्द्रबहादुर गोलेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राजबिर मोक्तानबाट लेखा परिक्षण प्रतिवेदन र चालू आव ०७३र०७४ का लागि १ करोड ४८ लाख ४५ हजार ४ सय १८ रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको विकासमा सहयोग पुर्याउने कर्णबहादुर थिङ, पूर्व अध्यक्ष बीरबहादुर गोले हरिकुमार हुमागाई, कृष्णप्रसाद हुमागाई, चुडामणी घिमिरे र खिलनाथ तिमल्सिनालाई सम्मान गरिएको थियो । त्यसैगरी, दूध विक्रितर्फ पहिलो हुने विष्णुप्रसाद चौरेल, दोस्रो हुने कृष्णबहादुर भोलुन, तेस्रो हुने चुडाबहादुर घिमिरे र सान्त्वना पुरस्कार गौतम थिङ, गुणस्तरीय दूध विक्रि गर्ने चक्रबहादुर दोङ, कृष्णबहादुर भोलुन, सफा दूध विक्रि गर्ने विविमाया रूम्बा, ईन्द्रबहादुर गोलेलाई सम्मान गरिएको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य अर्जुनप्रसाद गौतमको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष ईन्द्रबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डिका मावि स्रोतकेन्द्रका स्रोतब्यक्ति दोर्जे लामा स्याङ्तान, संस्थाका पूर्व अध्यक्ष बीरबहादुर गोले, बंशगोपाल माविका अध्यक्ष रामप्रसाद पुडासैनी, कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















