Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

प्रदेश ३ मा ४५ करोडमा ११ शित भण्डार बन्ने

Sit-Bhandar-1569730933.jpg

फाइल फोटो : चितवनको खैरहनीमा शितभण्डार शिलान्यास गर्दै मन्त्री दावादोर्जे लामा ।

१२ असोज, हेटौंडा । प्रदेश–३ सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४५ करोड रुपैयाँको लगानीमा ११ स्थानमा फलफूल तथा तरकारी भण्डारणका लागि शीतभण्डार निर्माण गर्न लागेको छ । मन्त्रालयका अनुसार स्थानीय तह तथा कृषि सहकारी संघ, संस्थाको साझेदारीमा ८ हजार टनको शीतभण्डार निर्माण गर्न लागेको समाचार कान्तिपुरमा छ ।
चालू आर्थिक वर्षमा ११ स्थानमै शीतभण्डार तयार हुने कृषि मन्त्रालयको दाबी छ । मन्त्रालयले थाहा नगरपालिका–३ घर्तीखोलामा प्रदेश ३ कै सबैभन्दा ठूलो शीतभण्डार निर्माण गर्न लागेको छ । करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको छ । थाहा नगरमा निर्माणाधीन शीतभण्डारको क्षमता १७ सय टन रहेको छ । दोलखाको भीमेश्वरमा सबैभन्दा कम क्षमताको २ सय टनको निर्माण सुरु भइसकेको कृषि मन्त्रालयका अधिकृत निर्मल पौडेलले बताए । यसैगरी, चितवनको खैरहनी र धादिङको बेनीघाटमा १५र१५ सय टनको शीतभण्डारको काम सुरु भइसकेको छ । काभ्रेको बनेपा र रसुवा जिल्लामा ३ सय टन क्षमताको बन्दै छ ।
रसुवामा निर्माणाधीन ३ सय टनको शीतभण्डारको काम सबैभन्दा अगाडि बढेको मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुपाल्चोकको लिशंखु, इन्द्रावती र दोलखाको जिरीमा, रामेछापको मन्थलीमा र सिन्धुलीको सुनकोसीमा ५/५ सय टनको शीतभण्डारको काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । कृषि मन्त्रालयले काम पूरा भएपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ । सम्झौताअनुरूप कार्य नभएमा प्रदेश सरकारले दिएको अनुदान रोक्न सक्ने तथा आवश्यकताअनुसार कार्यविधि संशोधन गर्न मिल्ने कार्यविधिमा उल्लेख छ । मन्त्रालयलले शीतभण्डार निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०७५ निर्माण गरेर कार्य अगाडि बढाएको हो । कार्यविधिमा स्थानीय तहले शीतभण्डार निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने र स्थानीय सहकारीको पनि लगानी हुनुपर्ने उल्लेख गरेको छ ।
प्रदेश–३ मा निर्माणाधीन शीतभण्डारमा प्रदेश सरकारको ७० र स्थानीयको ३० प्रतिशत साझेदारीमा निर्माण भइरहेका हुन् । शीतभण्डार सञ्चालनमा आएपछि ठूलो परिमाणमा कृषि उपज खेर नजाने, कृषकले आफू खुसीमा बिक्री गर्न पाउने र किसानको क्षतिमा न्यूनीकरण आउनुको साथै स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने कृषि मन्त्रालयको दाबी छ । शीतभण्डारको अभावमा कृषकले आफ्ना उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहँदै आएको छ । उत्पादित तरकारी र फलफूल शीतभण्डारको अभावमा कुहिने डरले कृषकले सस्तो मूल्यमा नै बिक्री गर्दै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार