Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

प्रदेश ३ मा ४५ करोडमा ११ शित भण्डार बन्ने

Sit-Bhandar-1569730933.jpg

फाइल फोटो : चितवनको खैरहनीमा शितभण्डार शिलान्यास गर्दै मन्त्री दावादोर्जे लामा ।

१२ असोज, हेटौंडा । प्रदेश–३ सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४५ करोड रुपैयाँको लगानीमा ११ स्थानमा फलफूल तथा तरकारी भण्डारणका लागि शीतभण्डार निर्माण गर्न लागेको छ । मन्त्रालयका अनुसार स्थानीय तह तथा कृषि सहकारी संघ, संस्थाको साझेदारीमा ८ हजार टनको शीतभण्डार निर्माण गर्न लागेको समाचार कान्तिपुरमा छ ।
चालू आर्थिक वर्षमा ११ स्थानमै शीतभण्डार तयार हुने कृषि मन्त्रालयको दाबी छ । मन्त्रालयले थाहा नगरपालिका–३ घर्तीखोलामा प्रदेश ३ कै सबैभन्दा ठूलो शीतभण्डार निर्माण गर्न लागेको छ । करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको छ । थाहा नगरमा निर्माणाधीन शीतभण्डारको क्षमता १७ सय टन रहेको छ । दोलखाको भीमेश्वरमा सबैभन्दा कम क्षमताको २ सय टनको निर्माण सुरु भइसकेको कृषि मन्त्रालयका अधिकृत निर्मल पौडेलले बताए । यसैगरी, चितवनको खैरहनी र धादिङको बेनीघाटमा १५र१५ सय टनको शीतभण्डारको काम सुरु भइसकेको छ । काभ्रेको बनेपा र रसुवा जिल्लामा ३ सय टन क्षमताको बन्दै छ ।
रसुवामा निर्माणाधीन ३ सय टनको शीतभण्डारको काम सबैभन्दा अगाडि बढेको मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुपाल्चोकको लिशंखु, इन्द्रावती र दोलखाको जिरीमा, रामेछापको मन्थलीमा र सिन्धुलीको सुनकोसीमा ५/५ सय टनको शीतभण्डारको काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । कृषि मन्त्रालयले काम पूरा भएपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ । सम्झौताअनुरूप कार्य नभएमा प्रदेश सरकारले दिएको अनुदान रोक्न सक्ने तथा आवश्यकताअनुसार कार्यविधि संशोधन गर्न मिल्ने कार्यविधिमा उल्लेख छ । मन्त्रालयलले शीतभण्डार निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०७५ निर्माण गरेर कार्य अगाडि बढाएको हो । कार्यविधिमा स्थानीय तहले शीतभण्डार निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने र स्थानीय सहकारीको पनि लगानी हुनुपर्ने उल्लेख गरेको छ ।
प्रदेश–३ मा निर्माणाधीन शीतभण्डारमा प्रदेश सरकारको ७० र स्थानीयको ३० प्रतिशत साझेदारीमा निर्माण भइरहेका हुन् । शीतभण्डार सञ्चालनमा आएपछि ठूलो परिमाणमा कृषि उपज खेर नजाने, कृषकले आफू खुसीमा बिक्री गर्न पाउने र किसानको क्षतिमा न्यूनीकरण आउनुको साथै स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने कृषि मन्त्रालयको दाबी छ । शीतभण्डारको अभावमा कृषकले आफ्ना उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहँदै आएको छ । उत्पादित तरकारी र फलफूल शीतभण्डारको अभावमा कुहिने डरले कृषकले सस्तो मूल्यमा नै बिक्री गर्दै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार