१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो ।
काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा विकास गरिने भएको छ । निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटि बनाउन परामर्शदाता नियुक्त गर्न आशयपत्र माग गरिसकेको नयाँ शहर आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए । स्मार्ट सिटिमा खानेपानी, स्वास्थ्य, शिक्षा, व्यापार, यातायात लगायतका सबै सेवा सूचना प्रविधिसँग जोडिएको र डिजिटलाईज गरिएको हुन्छ । स्मार्ट सिटिको विकास सँगै व्यवस्थित शहरीकरण अघि बढ्ने छ ।
हेटौँडा भन्दा पछि शहरको रुपमा विकास भएको निजगढ स्मार्ट सिटि बनिरहँदा हेटौँडा भने आफ्नो पुरानो अवस्थाबाट माथि उठ्न सकेको छैन । हेटौँडालाई स्मार्ट सिटिको बनाउने र औद्योगिक जिल्लाको रुपमा विकास गर्ने रटान रटेको बर्षौं भईसक्दा पनि न औद्योगिक जिल्ला घोषणा भयो न स्मार्ट सिटिबारे कतै चर्चा छ । धरान–चतरा, कान्तिलोकपथ, फाष्ट ट्रयाक, पूर्वपश्चिम राजमार्गको संगम रहेको मकवानपुर दुईवटा विद्युत आयोजना र पुरानो औद्योगिक क्षेत्र भएको जिल्ला ओझेलमा पर्दैछ । मकवानपुरमा विकासबारे केन्द्रमा लविङ गर्न दलहरु एक मत नहुँदा मकवानपुर बर्षेनी ओझेलमा पर्दै गएको जानकारहरु बताउँछन् ।
‘हेटौँडाका पुराना अग्रजले जिल्ला छोड्ने क्रम जारी छ, अब हेटौँडा आप्रवासीहरुको शहर मात्रै हुने भएको छ ।’–एक नेताले भने । राजनैतिक दलका नेता र सांसदहरुले बृहत र दिगो विकासका योजना नल्याए छिमेकी शहरहरुको तुलनामा हेटौँडा दिनप्रतिदिन ओझेलमा पर्ने उनको भनाई छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)