Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

गाउँपालिका केन्द्र जाने बाटोमा स्थानीयको चासो

kakada-1-1485874107.jpg

१८ माघ, हेटौंडा । नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित साबिकको राक्सिराङ र काँकडा गाविसका राजनीतिक नेतृत्व तथा उपभोक्ताहरु सम्मिलित गोष्ठीमा प्रस्तावित राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्म पुग्ने बाटोको बारेमा चिन्ता ब्यक्त भएको हो ।

गोष्ठीमा गाविसका सचिव चुननारायण श्रेष्ठले गाउँपालिका रहने स्थान, जग्गा, भवन लगायतका बिषयहरुमा पनि छलफल हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै दुवै गाविसका परिषदबाट सिफारिस गरिएका योजनाहरु प्रस्तुत गरेका थिए । 

दुवै गाविसमा अधिकांश क्षेत्रमा बाटो, बिजुली, खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि जिल्ला परिषदमा योजना सिफारिस गर्नेगरी योजनाहरु तर्जुमा गरिएको छ । गोष्ठीमा विकास निर्माण तथा अन्य सरकारी सेवाहरुको सुस्त अबस्थाबारे सरोकारवालालाई ध्यानाकर्षण गराइएको थियो । 

कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सिना, नेपाली काँग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विनोद रिजाल, जिल्ला कृषि विकास कार्यालयका रचना देव, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे लगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार