१८ माघ, हेटौंडा । नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित साबिकको राक्सिराङ र काँकडा गाविसका राजनीतिक नेतृत्व तथा उपभोक्ताहरु सम्मिलित गोष्ठीमा प्रस्तावित राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्म पुग्ने बाटोको बारेमा चिन्ता ब्यक्त भएको हो ।
गोष्ठीमा गाविसका सचिव चुननारायण श्रेष्ठले गाउँपालिका रहने स्थान, जग्गा, भवन लगायतका बिषयहरुमा पनि छलफल हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै दुवै गाविसका परिषदबाट सिफारिस गरिएका योजनाहरु प्रस्तुत गरेका थिए ।
दुवै गाविसमा अधिकांश क्षेत्रमा बाटो, बिजुली, खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि जिल्ला परिषदमा योजना सिफारिस गर्नेगरी योजनाहरु तर्जुमा गरिएको छ । गोष्ठीमा विकास निर्माण तथा अन्य सरकारी सेवाहरुको सुस्त अबस्थाबारे सरोकारवालालाई ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सिना, नेपाली काँग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विनोद रिजाल, जिल्ला कृषि विकास कार्यालयका रचना देव, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे लगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)