Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मकवानपुरगढी–२ मा स्वास्थ्य प्रयोगशाला शुभारम्भ

Lab1-1573022037.jpg

२० कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला शुभारम्भ गरिएको छ ।
गाउँपालिकाका प्रमुख विदुर हुमागाईले बुधबार स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले प्रयोगशाला संचालनमा आएपछि आधारभुत स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा पनि प्रयोगशाला स्थापना गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, गरिबि निवारण र विकासको कामलाई संगसंगै लजाने रणनीति गाउँपालिकाको रहेको बताए । मकवानुरगढीमा १५ शैयाको अस्पतालको समेत तयारी भईरहेको उनले जानकारी दिए ।
गढी वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक विदुरप्रसाद लामिछाने, स्वास्थ्यचौकी व्यवस्थापन समिति सदस्य बीरबहादुर गोले, गोपाल गौतम, पूर्व इन्चार्ज प्रमोद रौनीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको जानकारी दिईएको थियो । प्रयोगशाला संचालनमा आएपछि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, वडा नम्बर ६, ७ र ८ नम्बर वडाका बासिन्दाले सेवा पाउने भएका छन् ।
कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।

Lab2-1573022096.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार