Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मकवानपुरगढी–२ मा स्वास्थ्य प्रयोगशाला शुभारम्भ

Lab1-1573022037.jpg

२० कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला शुभारम्भ गरिएको छ ।
गाउँपालिकाका प्रमुख विदुर हुमागाईले बुधबार स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले प्रयोगशाला संचालनमा आएपछि आधारभुत स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा पनि प्रयोगशाला स्थापना गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, गरिबि निवारण र विकासको कामलाई संगसंगै लजाने रणनीति गाउँपालिकाको रहेको बताए । मकवानुरगढीमा १५ शैयाको अस्पतालको समेत तयारी भईरहेको उनले जानकारी दिए ।
गढी वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक विदुरप्रसाद लामिछाने, स्वास्थ्यचौकी व्यवस्थापन समिति सदस्य बीरबहादुर गोले, गोपाल गौतम, पूर्व इन्चार्ज प्रमोद रौनीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको जानकारी दिईएको थियो । प्रयोगशाला संचालनमा आएपछि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, वडा नम्बर ६, ७ र ८ नम्बर वडाका बासिन्दाले सेवा पाउने भएका छन् ।
कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।

Lab2-1573022096.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार