Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मनकामना दुग्ध सहकारीको साधारण सभा

Manakamana-Dairy-Photo-1486032841.jpg

२० माघ, हेटौँडा । मकवानपुरगढी–६ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारण सभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालले संस्थागत प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक द्वारिकाप्रसाद पोखरेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धेरै दूध विक्रि गर्ने नरेन्द्र लम्साल, सिता रेग्मी, भक्तकुमारी महत, गुणस्तरीय दूध विक्रि गर्ने चन्द्रमान गोले, दामोदर अधिकारी, रमा दाहाल, दलित र जनजातिमा बढि दूध विक्रि गर्ने कान्छिमाया गोले, सुनिता लामा र मधु विकलाई पुरस्कृत गरिएको थियो । यसैगरी, उत्कृष्ट विद्यार्थीमा रचना दाहाल, कपिल रुपाखेति, प्रकृति अधिकारी, निश्चल घोरसैनी, उत्कृष्ट कर्मचारीमा व्यवस्थापक बलराम हुमागाई र सहायक कर्मचारीमा भागवतप्रसाद घिमिरेलाई पुरस्कृत गरिएको थियो ।

राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका नारायणप्रसाद देवकोटा, केन्द्रिय सहकारी संघका संचालक बद्रीप्रसाद लम्साल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका उपाध्यक्ष भवानीशंकर दाहाल, पूर्व अध्यक्ष हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद दाहाल, हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख सञ्जिव प्रधान, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, श्रमिक साना किसान सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढीका सभापति रामप्रसाद घिमिरे, भानु माविका प्रधानाध्यापक धु्रवकुमार भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेष्ठ सदस्य सम्मानित
भेलाको अवसरमा गढी–६ निवासी ९७ बर्षिय रंगनायिकी दाहाल, ८७ बर्षिया गंगामाया घोरासैनी र यमकुमारी मगरलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार