२५ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो ।
बैठकले ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख र एउटा २० लाख रुपैँयाको रुपैँयाको बाँडफाँड गरेको छ । बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिरा गाउँपालिका वडा नमबर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०/५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ ।
त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपाति ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुस्राङ–गरखाल मोटरबाटो स्तारोन्नतिका लागि १०/१० लाख बाँडफाँड गरेको छ । योजनाहरु चालु आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुनेछन् ।
बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०/१० लाख रुपैँया बाँडफाँड गरेको छ ।
प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, ओम घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेति, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















