Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बंशगोपालका पूर्व विद्यार्थीले थाले ‘स्कूल बस’ खरिद अभियान

Bansha-Gopal-School1-1573975712.jpg

१ मंसिर, हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्कूल बस खरिद अभियान शुरु गरेका छन् । विद्यालयलाई समय सापेक्ष रुपमा अघि बढाउनका लागि बसको आवश्यकता परेकाले उनीहरुले बस खरिद अभियान शुरु गरेका हुन् । 
विद्यार्थी संख्या घट्दै गईरहेको विद्यालयमा नयाँ ढंगबाट अध्यापन शुरु गरेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । ‘तर विद्यालयको आफ्नै बस नहुँदा विद्यार्थी ल्याउन कठिन भईरहेको छ ।’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले भने–‘त्यसैले पूर्व विद्यार्थीसहित सबैसंग सहयोग जुटाउने प्रयास गरिरहेका छौं ।’ विद्यालयमा अहिले हेटौँडा–१७ गैरीगाउँ, कुमलटार, हेटौँडा–६ को बारुते लगायतका क्षेत्रबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । 
‘बसको अभावमा विद्यालयको सेवा क्षेत्र अन्तरगत टाढा रहेका विद्यार्थीलाई असुविधा भईरहेको छ ।’–विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भने–‘त्यसैले विद्यालयले बस खरिद गर्ने योजना बनाएको छ र यसमा पूर्व विद्यार्थी साथीहरुलाई सहयोग गर्न आग्रह गर्दछु ।’ 
विद्यालयले आर्थिक सहयोग संकलनका लागि सबैलाई आग्रह गर्दै सहयोग गर्न चाहने महानुभावले नेपाल बैंक लिमिटेड हेटौँडा शाखाको चल्ति खाता नम्बर ०२५००१००४४०८११०००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले बताए । घरको दैलोबाटै आफ्नो बालबालिका विद्यालयले लगिदियोस् भन्ने आकांक्षा अभिभावकको रहेको प्रधानाध्यापक लामिछानेले बताए । ‘सडकमा सवारी चाप र दुरीका दृष्टिकोणले टाढा भएकै कारण जोखिम मोलेर टाढाबाट विद्यार्थी पढाउन अभिभावकहरु चिन्ता व्यक्त गर्ने गर्नुहुन्छ, त्यही कारण एउटा बस खरिद गर्ने सोच अघि सारिएको हो ।’–उनले भने । 
सामुदायिक विद्यालयले बसको व्यवस्था नगर्दा बाध्य भएर सुरक्षाकै लागि भएपनि नीजि विद्यालयमा विद्यार्थी पढाउन अभिभावक बाध्य रहेको अभिभावकहरुको भनाई छ । नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन भईरहेको विद्यालयमा सिभिल इन्जिनियरिङ र सर्भे इन्जिनियरिङतर्फ ३ बर्षे डिप्लोमा कोर्ष संचालन भईरहेको छ । विद्यालयमा अहिले एक हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । 
बसका लागि कर छुटसहित ३० लाख रुपैँयासम्म लगानी हुने विद्यालयको भनाई छ ।
मंसिर १४ मा पूर्व विद्यार्थीको भेला हुँदै
त्यस्तै, विद्यालयका पूर्व विद्यार्थीहरुले मंसिर १४ गते भेला समेत गर्न लागेका छन् । विद्यालयबाट अध्ययन गरी विभिन्न क्षेत्रमा पुगेका पूर्व विद्यार्थीहरुको बृहत भेला गर्न लागिएको हो । यसबाट विद्यालयका विद्यार्थीहरुबीच भेटघाट, सम्बन्ध विस्तार र विद्यालयका समस्या समाधानमा पहल गर्न सकिने अपेक्षा गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार