१ मंसिर, हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्कूल बस खरिद अभियान शुरु गरेका छन् । विद्यालयलाई समय सापेक्ष रुपमा अघि बढाउनका लागि बसको आवश्यकता परेकाले उनीहरुले बस खरिद अभियान शुरु गरेका हुन् ।
विद्यार्थी संख्या घट्दै गईरहेको विद्यालयमा नयाँ ढंगबाट अध्यापन शुरु गरेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । ‘तर विद्यालयको आफ्नै बस नहुँदा विद्यार्थी ल्याउन कठिन भईरहेको छ ।’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले भने–‘त्यसैले पूर्व विद्यार्थीसहित सबैसंग सहयोग जुटाउने प्रयास गरिरहेका छौं ।’ विद्यालयमा अहिले हेटौँडा–१७ गैरीगाउँ, कुमलटार, हेटौँडा–६ को बारुते लगायतका क्षेत्रबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।
‘बसको अभावमा विद्यालयको सेवा क्षेत्र अन्तरगत टाढा रहेका विद्यार्थीलाई असुविधा भईरहेको छ ।’–विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भने–‘त्यसैले विद्यालयले बस खरिद गर्ने योजना बनाएको छ र यसमा पूर्व विद्यार्थी साथीहरुलाई सहयोग गर्न आग्रह गर्दछु ।’
विद्यालयले आर्थिक सहयोग संकलनका लागि सबैलाई आग्रह गर्दै सहयोग गर्न चाहने महानुभावले नेपाल बैंक लिमिटेड हेटौँडा शाखाको चल्ति खाता नम्बर ०२५००१००४४०८११०००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले बताए । घरको दैलोबाटै आफ्नो बालबालिका विद्यालयले लगिदियोस् भन्ने आकांक्षा अभिभावकको रहेको प्रधानाध्यापक लामिछानेले बताए । ‘सडकमा सवारी चाप र दुरीका दृष्टिकोणले टाढा भएकै कारण जोखिम मोलेर टाढाबाट विद्यार्थी पढाउन अभिभावकहरु चिन्ता व्यक्त गर्ने गर्नुहुन्छ, त्यही कारण एउटा बस खरिद गर्ने सोच अघि सारिएको हो ।’–उनले भने ।
सामुदायिक विद्यालयले बसको व्यवस्था नगर्दा बाध्य भएर सुरक्षाकै लागि भएपनि नीजि विद्यालयमा विद्यार्थी पढाउन अभिभावक बाध्य रहेको अभिभावकहरुको भनाई छ । नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन भईरहेको विद्यालयमा सिभिल इन्जिनियरिङ र सर्भे इन्जिनियरिङतर्फ ३ बर्षे डिप्लोमा कोर्ष संचालन भईरहेको छ । विद्यालयमा अहिले एक हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
बसका लागि कर छुटसहित ३० लाख रुपैँयासम्म लगानी हुने विद्यालयको भनाई छ ।
मंसिर १४ मा पूर्व विद्यार्थीको भेला हुँदै
त्यस्तै, विद्यालयका पूर्व विद्यार्थीहरुले मंसिर १४ गते भेला समेत गर्न लागेका छन् । विद्यालयबाट अध्ययन गरी विभिन्न क्षेत्रमा पुगेका पूर्व विद्यार्थीहरुको बृहत भेला गर्न लागिएको हो । यसबाट विद्यालयका विद्यार्थीहरुबीच भेटघाट, सम्बन्ध विस्तार र विद्यालयका समस्या समाधानमा पहल गर्न सकिने अपेक्षा गरिएको छ ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















