३ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले शिक्षा क्षेत्रमा राजनीति बढि हुने गरेको बताएका छन् । हेटौँडा–१८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनका लागि मंगलबारबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रमा राजनीति बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले शिक्षकका पेशागत संगठनहरु शिक्षकहरुको हक अधिकारको संरक्षणका लागि गठन भएपनि अहिले त्यसलाई राजनीति गर्ने स्थानको रुपमा विकास गर्न खोजिएको भन्दै शिक्षकहरुले राजनीति नभई गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । विद्यालयमा भौतिक गुणस्तर मात्रै नभई शैक्षिक गुणस्तरमा पनि सुधार हुनुपर्नेमा जोड दिंदै उनले प्रदेश सरकार त्यसतर्फ अग्रसर भएको बताए । उनले प्रदेश सरकारले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षालयको अवधारणा अघि सारेर काम गरिरहेको समेत बताए ।
कार्यक्रममा महायज्ञ मूल समारोहका संयोजक एवं ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले विद्यालयको शैक्षिक एवं भौतिक सुधारबाटै सामाजिक रुपान्तरणको काम अघि बढ्ने बताए । उनले यसका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिंदै विकासमा सबै एकमत हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । सप्ताह महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्ने छन् ।
यो पनि पढ्नुस्
हेटौंडा १८ मा रहेको गोरक्षनाथ माविमा मंसिर ३ गतेबाट महायज्ञ हुने
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






