Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौघडा क्षेत्रमा भ्रमण बर्ष लक्षित गतिविधि हुने

Gupteshwori-1574571054.jpg

८ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडा क्षेत्रमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम हुने भएको छ ।
चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको १७ औं बार्षिक साधारणसभामा बोल्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउन चौघडा क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने बताएका हुन् । 
सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउन वडा तहसम्मको भुमिका महत्वपूर्ण हुने भन्दै उनले पर्यटकीय क्षेत्र मकवानपुरगढीको प्रवेशद्वारको रुपमा परिचित चौघडामा विशेष अभियान संचालन गर्ने बताए । उनले चौघडा क्षेत्रलाई सरसफाईयुक्त बनाउने र सडक दायाँबायाँ हरियाली प्रवद्र्धन र फूलैफूलले सजाउने तयारी रहेको बताए ।
कान्तिलोकपथ अन्तरगत हेटौँडा वडा नम्बर ६ को सिमाना न्यूरेनीदेखि रक्षादेवी टोल क्षेत्रसम्म दुबैतर्फ हरियाली बनाउन र फूलका विरुवा रोप्न टोल विकास संस्थाहरुमार्फत काम अघि बढाउने उनको भनाई छ । यसका लागि वडा कार्यालयले बजेट समेत उपलव्ध गराउने जानकारी दिए । यसैगरी हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले चौघडामा लोपोन्मुख बन्यजन्तु सालकको प्रतिमा स्थापना गर्ने भएको छ ।
भेलामा संस्थाकी अध्यक्ष गोमा लामिछानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष नानीमाया रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोल विकास संस्थाकी अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको भेलामा टोल विकास संस्था नगरसमितिका सचिवालय सदस्य विष्णुप्रसाद ढुंगाना, वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी सदस्य अमुना सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार