८ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडा क्षेत्रमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम हुने भएको छ ।
चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको १७ औं बार्षिक साधारणसभामा बोल्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउन चौघडा क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने बताएका हुन् ।
सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउन वडा तहसम्मको भुमिका महत्वपूर्ण हुने भन्दै उनले पर्यटकीय क्षेत्र मकवानपुरगढीको प्रवेशद्वारको रुपमा परिचित चौघडामा विशेष अभियान संचालन गर्ने बताए । उनले चौघडा क्षेत्रलाई सरसफाईयुक्त बनाउने र सडक दायाँबायाँ हरियाली प्रवद्र्धन र फूलैफूलले सजाउने तयारी रहेको बताए ।
कान्तिलोकपथ अन्तरगत हेटौँडा वडा नम्बर ६ को सिमाना न्यूरेनीदेखि रक्षादेवी टोल क्षेत्रसम्म दुबैतर्फ हरियाली बनाउन र फूलका विरुवा रोप्न टोल विकास संस्थाहरुमार्फत काम अघि बढाउने उनको भनाई छ । यसका लागि वडा कार्यालयले बजेट समेत उपलव्ध गराउने जानकारी दिए । यसैगरी हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले चौघडामा लोपोन्मुख बन्यजन्तु सालकको प्रतिमा स्थापना गर्ने भएको छ ।
भेलामा संस्थाकी अध्यक्ष गोमा लामिछानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष नानीमाया रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोल विकास संस्थाकी अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको भेलामा टोल विकास संस्था नगरसमितिका सचिवालय सदस्य विष्णुप्रसाद ढुंगाना, वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी सदस्य अमुना सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



