Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौकीटोल क्षेत्रमा डोजर चल्यो, वडाध्यक्ष भन्छन् ‘राम्रो काम’

Chaukitol-1574576954.jpg

८ मंसिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार हुने वा नहुने भन्ने बारेमा चर्चा चलिरहँदा हेटौँडा–१ चौकीटोल क्षेत्रमा डोजर चल्न शुरु भएको छ । 
३ नम्बर प्रदेश सरकारको १३ करोड रुपैयाँ लगानीमा चौकीटोलदेखि कर्रा पुलसम्मको क्षेत्रमा सडक विस्तारका लागि डोजर चल्न शुरु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले कार्यान्वयन गर्ने गरी सो कामको ठेक्का गजुरमुखी शिवशक्ति निशान जेभीले पाएको छ । 
प्रदेश सरकारको लगानीमा चौकीटोलदेखि हेटौंडा–१० कर्रापुलसम्म राप्तिखोला किनारमा २.३ किलोमिटर सडक विस्तारको काम शुरु भएको बताउँदै हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले सडक विस्तारले चौकीटोलदेखि कर्रापुलसम्मको बस्ति, अस्पताल लगायतका भौतिक संरचनाको सुरक्षामा सहयोग पुग्ने बताए । उनले यसले बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा पनि महत्वपूर्ण योगदान दिने भएकाले सडक विस्तार राम्रो काम भएको बताए ।
उनले यो क्षेत्र सधैं राप्ति खोलाको बाढिको चपेटामा पर्ने भएकाले ड्याम बनाई सडक विस्तार हुँदा बस्ती जोगाउन पनि फलदायी हुने बताए । यसअघि पटक पटक बस्ति संरक्षणका लागि विभिन्न निकायमा पुगेको भन्दै उनले अहिलेको कामले बस्ति जोगिनुका साथै यातायात पूर्वाधार तयार हुने बताए । उनले कामको गुणस्तरीयताको निगरानीमा वडा कार्यालय र त्यस क्षेत्रका स्थानीय सक्रिय रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार