Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

बालुवा चालेर कपिकलमको जोहो

Balbalika-1497940184.jpg

६ असार, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिका जलुके र खोलाखर्कका बालबालिका बालुवा चालेर कपिकलमको जोहो गर्ने गरेका छन् । 
बालबालिकाहरु बिदाको दिन नियमित रुपमा बालुवा चाल्न जलुके र खोलाखर्कको सिमानामा रहेको खोलामा आउने गरेका हुन् । छ्याङ्दुङमा रहेको कमला मावि र जलुकेमा रहेको साङ्गे छयोलिङ आधारभुत विद्यालयका १५ देखि २० जना विद्यार्थीहरु यसरी बालुवा चाल्न आउने गरेको स्थानीय एक बृद्धले बताए । ‘बालुवा चालेर कमाएको पैसाले कपिकलम किन्ने गरेका छौं ।’–स्थानीय क्षितिज लामाले भने । 
आफुहरु समूह बनाएर बालुवा चाल्ने गरेको र एक बोराको ३० रुपैँया कमाउने गरेको कमला माविमा कक्षा २ मा अध्ययनरत प्रदिप योञ्जनले बताए । दिनमा ४ देखि ५ बोरा बालुवा चाल्ने गरेको उनीहरुको भनाई छ । घरायसी आर्थिक अवस्था कमजोर भएकाले यस क्षेत्रका केही बालबालिका विद्यालय नगई बालुवा चाल्ने काममा आउने गरेको स्थानीयको भनाई छ । 
खोलखर्क पुगेका जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले विद्यालय नगई बालुवा चालिरहेका बालबालिकालाई विद्यालय जान सुझाव दिएका थिए । स्थानीय अगुवाहरुलाई बालबालिकालाई अध्ययनमा लगाउन थापाले आग्रह गरे । तामाङ, मगर र गुरुङ समुदायको बसोबास रहेको यस क्षेत्रमा धेरै बालबालिका विद्यालय नगई घरायसी काम, खेतिपाति र मजदुरीमा जाने एक विद्यालयका शिक्षकले बताए । 
बालबालिकाका नाममा ‘डलर खेति’ गर्ने संघसंस्था दुगर्ममा पुग्ने नगरेको ति शिक्षकको गुनासो छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार