१७ कार्तिक, हेटौंडा । सी डिभिजन हुँदै माथिल्लो लिग खेल्ने उद्देश्यका साथ छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लव यो बर्ष पनि निराश बनेको छ । अघिल्ला दुई बर्ष पहिलो चरणबाटै बाहिरिएको विजय यूथले यो बर्षपनि सो क्रमलाई निरन्तरता दिएको छ ।
पहिलो चरणको दुई खेलमध्ये एकमा हार र एक बराबरी खेलेको विजय यूथको सी डिभिजन खेल्ने सपनामा यो बर्षलाई अधुरै हुने भएको छ । अब बाँकी एक खेल केवल औपचारिकताको लागि मात्र हुनेछ । बुधबार सिन्धुली एफसीसंगको खेलमा बराबरी गरेसंगै विजय यूथ निराश बनेको हो । सिन्धुलीसंग जितेको भए अन्य खेलको नतिजाले विजय यूथको यात्रा निर्भर गर्ने थियो ।
पहिलो हाफमै २ गोलको अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा निराश बनेको हो । छैठौं मिनेटमै विजय विश्व लामाको गोल मार्फत विजयले अग्रता लिएको थियो । ३६ औं मिनेटमा आयुर घलानले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफ २–० ले अगााडी रहेको विजय यूथले दोस्रो हाफमा २ गोल खाएको हो ।
दोस्रो हाफको पहिलो मिनेटमै सिन्धुलीका अमृत श्रेष्ठले आकर्षक गोल गर्दै अग्रता कम गरेका थिए । उनको लामो प्रहार सिधै गोलमा परिणत भएको थियो । ६९ औं मिनेटमा सिन्धुलीका अंकित श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपश्चात दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।
पहिलो खेलमा विजय यूथ साउर्थन एफसीसंग १–० ले पराजित भएको थियो । साउथर्न एफसी लगातार दुई जितसहित समूहको विजेताको रुपमा रहेको छ । विजयले १८ गते शुक्रबार मनमैजु क्लवसंग अन्तिम खेल खेल्नेछ । विजय यूथको डिफेन्स लाइनमा कमजोरी देखिएको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




