२५ कार्तिक, हेटौंडा । राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लव नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो ।
आर्मीको ब्याटिङका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे । त्यस्तै रोहितकुमार पौडेलले ८७ बलमा नौ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ७५ रन जोडेका थिए ।
कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए । बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै रासिद खान र ललित राजवंशीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा चार विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो । ६७–३ को स्थितीमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक अवस्थामा डो¥याएका थिए ।
बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १ सय ४० रन जोडे । आरिफले १ सय ९ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए । बलिङतर्फ आर्मीका तिब्र गतिका बलर विक्रम सोबले तीन विकेट लिए भने सुशान भारीको नाममा एक विकेट रह्यो ।
यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ । एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिवार हुनेछ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















