Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलको उपाधि आग्राले जित्यो

319524398_532235715618099-1671323325.jpg

३ पुष, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लवले जितेको छ । 
बसामाडी जेसीजको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरलाई सोझो सेटमा हराउँदै आग्राले उपाधि जितेको हो । आग्राले विनयबाबु प्रतिष्ठानलाई २५–२०, २६–२४, २६–२४ को सेटमा हराएको हो । 
सेमीफाइनलमा आग्राले आमभञ्ज्याङ युवा क्लवलाई र विनयबाबु प्रतिष्ठानले बज्रबाराहीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । उपाधि विजेता आग्राले ६५ हजार प्राप्त गर्दा उपविजेता विनयबाबु प्रतिष्ठानले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीको पुरस्कार आग्राले नै पायो । उत्कृष्ट खेलाडी पुजन गुरुङ, उत्कृष्ट स्पाइकर रमेश थिङ र उत्कृष्ट सेटर सञ्जय थिङ भए । यस्तै अनुशासित टिमको पुरस्कार बज्रबाराही युवा क्लवले पाएका छन् ।
विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी चुडाकुमारी खड्का, आयोजक बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार