Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश अब ‘एक्सन प्लान’ मा चल्छः अध्यक्ष मुक्तान

Screenshot_20230728_17374-1690545262.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले अब 'एक्सन प्लान'मा  चल्ने भएको छ ।

कैलाश गाउँपालिकाको  आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले  अब कैलाश एक्सन प्लानमा चल्ने बताएका हुन्। 
उनले सम्पूर्ण शाखाहरुसँग वार्षिक कार्य तालिका मागी प्रतिवादता गराइ कार्य सम्पादन गरिने उद्घोष गरेका हुन्। यसले अन्तिम चौमासिकमा मात्र कामको चाप हुने अवस्था न्युनिकरण  गर्दै सुशासन कायम हुने बताए। 

मुक्तानले  जिल्ला सदरमुकामबाट  विकटमा रहेको कैलाशले आर्थिक वर्ष २०७९।०८०को सबै कारोबार विद्युतीय माध्यबाट भुक्तानी गर्न सफल भएको बताएका छन्। उनले समिक्षा कार्यक्रमलाई सम्बोधन गदै ७० प्रतिशत करारका कर्मचारी रहदा समेत सेवामा कुनै कमि हुन नदिएको दाबि गर्दै आगामी दिनमा सेवामा कमी हुन नदिने प्रतिवदता व्यक्त गरेका छन्। उनले कर्मचारको मेहनत र पालिका आएको सुशासनले वेरुजुमा कमि आएको बताए । 
“हामीले नीति अनुसार चल्न सके सुशासन ल्याउन सक्छौ, अब कैलाशले काममा विश्वास गर्दछ ”। - अध्यक्ष मोक्तानले भने।

उनले जनताको सेवामा सहजताका लागि यस आर्थिक वर्षबाट विद्युतीय हाजिर अनिवार्य गरिने भन्दै जनताको सेवा प्रवाहमा सहयोग पुयाउने कर्मचारीलाई पुरस्कार गरिने बताए। 
कार्यक्रममा कैलाश वडा नम्बरको दुईका वडाध्यक्ष राजेन्द्र घिसिङले स्थानीय तहबाट हुने निर्माण कार्य समयमै सम्पन्न हुन नसक्ने समस्या रहेको भन्दै ठेक्का प्रणाली बलियो बनाई समयमै निर्माण कार्य सम्पन्न नगराउने ठेकेदार र निर्माण कम्पनीलाई कार्रवाही गर्न जरुरी रहेको बताए। वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत असोक बिष्ट, विभिन्न शाखाका प्रमुखहरुले कार्य प्रगतिका प्रस्तुती गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार