Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कैलाश गाउँपालिका

कैलाशमा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

Screenshot_20250226_20371-1740581761.jpg

१४ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा  बुधबार(आज) बाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कैलाश गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा  कैलाश ९ स्थित नामटार खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा प्रतियोगिता उदघाटन गरिएको हो। 
आज भएको उद्घाटन खेल वडा नम्बर  ७ ले विजयी शुरुवात गरेको छ। वडा नम्बर १संगको प्रतिस्पर्धामा वडा नम्बर ७ ले २ -१ गोल अन्तरले वडा नम्बर १लाई पराजित गर्दै विजयी सुरुवात गरेको हो  ।  खेलको पाँच मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले एक गोल थप गरेका थिए । वडा १ को तर्फबाट भने शिशिर नेगीले थप गरेको २ मिनेट(२५+२) मा एक गोल फर्काएका थिए ।  खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।  

त्यसैगरी आजै भएको वडा नम्बर ४ र २ बिचको दोस्रो खेलमा वडा ४ पेलान्टी सुट आउटमा वडा नम्बर २ लाई पराजित गरेको हो। निर्धारित समयमा १-१ गोल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । सुट आउटमा वडा ४ ले ५ गोल गरेको थियो भने वडा २ ले ४ गोल गरेको उक्त खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए । नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच हुने आयोजकले जनाएको छ । तेस्रो खेल वडा ७ र ९ बीच र चौथो खेल वडा ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो । 

त्यसैगरी कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ।कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १-० गोल अन्तरले कैलाश विजयी भएको हो ।

Screenshot_20250226_20373-1740581761.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg