६ चैत, हेटौंडा। चैत ७ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) को पहिलो पटक परीक्षा केन्द्र निर्धारण गरिएको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटार स्थित कालिका मा वि परीक्षा केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल,वडा ९ का अध्यक्ष भुवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, श्राेत शिक्षक ध्रुवराज बिष्ट , प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको टोलीले अनुगमन गरेका छन् ।
केन्द्रमा परीक्षा मर्यादित बनाउन र तयारी बारे बुझ्न अध्यक्ष सहित पालिकाको टोलीले अनुगमन गरेको हो।
कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थी र ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जना विद्यार्थीले उक्त केन्द्रबाट परीक्षा दिँदै छन् । कालिका माविका विद्यार्थी बाहेक कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् ।
पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताएका छन् । भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताएका छन् ।
भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा अवधिभर विद्यार्थीको लागि खाना र आवासको समेत व्यवस्था गरिएको बताउँदै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतको व्यवस्था गरिएका छौं, अध्यक्ष मुक्तानले भने । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।
आवास क्षेत्रमा गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाबाट एक÷एक जना कर्मचारी खटाइनुका साथै परीक्षा पश्चात पठनपाठनको वातावरण सिर्जना गर्न सोही अनुरुप व्यवस्था समेत गरिएको अध्यक्ष मुक्तानले बताए । परीक्षाभर विद्यार्थी र अभिभावकको गुनासो नआउने गरी कार्य गर्न सम्बन्धित शाखालाई निर्देशन समेत दिएका छन् ।
परीक्षामा कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थी भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने जोशीले बताएका छन्।
मकवानपुरबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा दिनेछन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना गरी ७ हजार ४ सय ५६ जना विद्यार्थीले परीक्षा दिनेछन् । पालिका अध्यक्ष सहितको टोलीले छात्रावासमा बसेर स्वअध्यन गरिरहेका विद्यार्थीहरूको बारेमा जानकारी लिएको थियो। पालिकाको समन्वयमा एसईई परीक्षार्थीलाई निशुल्क खाना सहित छात्रावासमा रहेर अध्ययनको व्यवस्था गरेकाे छ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











