Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कैलाश गाउँपालिका

कैलाशको विपन्नसँग अध्यक्ष कार्यक्रम: ७ जनाले गरे सम्झौता

Screenshot_20250321_07302-1742521613.jpg

८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत  छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन् ।
गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि तथा पशु पालन क्षेत्रमा विउपुजीँ अनुदान स्वरुप विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।कार्यविधिमा तोकिएको अनुदान हामी प्रदान गर्नेछौं, दीर्घकालीन रुपमा आर्थिक पक्ष बलियो होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं, अध्यक्ष मुक्तानले भने। 
उनले अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताउँदै लाभान्वितहरुलाई आउटपुट आउने गरी काम गर्न आग्रह समेत गरेका छन् । कार्यविधिमा व्यवसाय मात्र नभई विपन्न वर्गलाई उपचार, काजक्रिया लगायत अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने गरेको अध्यक्ष मुक्तानले बताए ।
१६ जनाले आवेदन दिनुभएकोमा  कार्यविधिको मापदण्ड अनुसार ७ जना छनौट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले उल्लेख गरिन् । छनौटमा परेका मध्ये २ जना मौरी पालन, २ जना टनेलभित्र तरकारी खेती, एक÷एक जना किराना, टेलर्स र कुटानी पिसानी मिलको लागि सम्झौता गरिएको जनाइएको छ। २०८० मा  १७ जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । विउपुजीँको लागि कार्यविधिमा उल्लेख बमोजिम छनौट भएका प्रतिव्यक्ति वीस हजार अनुदान स्वरुप प्रदान गरिने गरेको सापकोटाले बताईन् ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय प्रमुख अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा लगायत लाभग्राहीहरुको उपस्थिती रहेको थियो । सम्झौता पश्चात लाभग्राहीले कार्यविधिमा भए बमोजिम आफुले कार्यान्वयन गरिने बताएका छन् । आफ्नो व्यवसाय वृद्धिका साथै आर्थिक पक्षलाई समेत वृद्धि हुनेगरि काम गरिने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg