पदस्थापन पत्र हस्तान्तरण गर्दै पालिका अध्यक्ष मोक्तान र उपाध्यक्ष ठकुरी
१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नवनियुक्त भएका शिक्षकहरुलाई पदस्थापना पत्र हस्तान्तरण गरिएको छ ।
शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो ।
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन्।
पत्र हस्तान्तरण गर्दै मोक्तानले किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई तर्फ ध्यान दिन आग्रह गरेका थिए।
चुनौति सँगै अवसर समेत रहेको छ, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ, अध्यक्ष मुक्तानले भने ।
बेसलेभलमा दिने शिक्षा यहाँहरुको हातमा रहेको छ । विकटता रहेको स्थानीय तह रहेकाले संकुचित भएर नबस्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
गाउँपालिकाले माग गरे अनुरुप ३७ जना शिक्षकलाई पदस्थापना गरिएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीले बताएका छन् । शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेको जोशीले बताए । गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखी ३ सम्मको १२ वटा, कक्षा एक देखी ५ सम्मको २३ वटा, कक्षा १ देखी ८ सम्मको ४ वटा, कक्षा १ देखी १० सम्मको ५ वटा र कक्षा १ देखी १२ सम्मको एक वटा विद्यालय सञ्चालनमा रहेको प्रमुख जोशीले बताए ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
