Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको वडा तहमै कानूनी साक्षरता कार्यक्रम

Screenshot_20250331_08042-1743387571.jpg

१८ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले वडा-वडामा न्यायिक समिति कार्यक्रम गरिनुका साथै वडा तहमै कानूनी साक्षरता कार्यक्रम गरेको छ । 
वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिकाको कानून शाखाले पालिकाका सबै वडाहरुमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता अस्मिता थापाले बताईन् । न्यायिक समितिका संयोजक एंव गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा वडा वडामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा उपाध्यक्ष मल्लले न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर कार्य गर्दै आइरहेको बताए । न्यायको सिद्धान्तलाई प्रयोग गर्दै आफ्नो अधिकार प्रयोग गरिएको उनले बताए । सबैले कानूनको पालना गरिनुपर्छ । टोल समाजमा हुने महिला तथा बालबालिका माथिका घटना, गाली बेज्जती, घरेलु हिंसा, कुटपिट जस्ता विषयको कानूनी प्रावधानबारे जानकारी दिने उद्देश्यले वडा तहमै कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष मल्लले बताए । 
कार्यक्रमलाई अधिवक्ता जगन्नाथ सुवेदीले सहजीकरण गरेका थिए । उनले  बालविवाह, बहुविवाह, लागुऔषध, जवरजस्ती करणीका कानूनका दण्ड सजाय, बालबालिका सम्बन्धी ऐन, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरबारे जानकारी दिएका थिए । 
वडाका जनप्रतिनिधि, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, विद्यालयका प्रअ, स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवीहरुको सहभागिता रहेको कार्यक्रममा फौजदारी न्यायका सिद्धान्तहरु, गर्भ संरक्षण विरुद्धका कसुरबारे, बोक्सी आरोप, घरेलु हिंसा, गाली बेज्जती सम्बन्धी कसुर लगायतका विषयमा समेत सहजीकरण गरिएको थियो । साक्षरता कार्यक्रममा करिब तीन सय भन्दा बढीको सहभागिता रहेको सहजकर्ता थापाले बताईन् । 
कार्यक्रममा न्यायिक समितिका सदस्य एवं वडा ९ का वडाध्यक्ष भूवन सिं घलान, वडा ३ का कार्यबहाक अध्यक्ष एवं समितिका सदस्य राममाया प्रजा, वडा ६ का वडाध्यक्ष रामबहादुर गोङ्वा लगायतको सहभागिता समेत रहेको थियो । 
गाउँपालिकामा हालसम्म अघिल्लो आवबाट सरिआएको दुई वटा मुद्दा मिलापत्र भइसकेको थापाले बताईन् । धेरैजसो विवादहरु वडा तहबाटै मेलमिलापकर्ता मार्फत मिलापत्र गराउने गरेको उनको भनाई छ । कानून शाखा अर्थात न्यायिक समितिमा ज्याला मजदुरीको एउटा मुद्दा छलफलको क्रममा रहेको छ भने  घरभाडाको र गाली बेज्जतीको मुद्दा एक/एक वटा छलफलको क्रममा रहेको उनले बताइन् । श्रीमान् श्रीमतीको २ वटा झगडाको हामीले मिलापत्र गरेको र जग्गा मिचेको विवाद भने समितिमा नमिलेपछि जिल्ला अदालत पठाइएका थापाले बताइन् । एकवटा बैनापट्टा विवाद म्याद तामेलीमा रहेको छ । 
 
न्यायिक समितिको चार दिने भ्रमण
कैलाश गाउँपालिकाको न्यायिक समितिले आफ्नो अनुभव साटासाट गर्ने उद्देश्यले चार दिने भ्रमण गरेको छ । उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक बालकुमार मल्लको नेतृत्वमा ३३ जनाको टोलीले चितवनको खैरहनी नगरपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्ययन अवलोकन गरिएको छ । भ्रमणमा वडा ७ का वडाध्यक्ष उदास कुमार भोलन, वडा १० का सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य, न्यायिक सहजकर्ता अस्मिता थापा, वडा तहका रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । सिकाई र अनुभव साटासाट गर्ने हेतुले नै अवलोकन गरिएको उपाध्यक्ष मल्लले बताए ।
टोलीलाई खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, न्यायिक समितिका सदस्य केदारनाथ पन्त र बुद्धीराज अर्याल, न्यायिक सहजकर्ता सञ्जय चौधरी र  माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल, न्यायिक समिति सदस्य चीजबहादुर गुरुङ र जमुना पुनले सहजीकरण गरेका थिए । कैलाश गाउँपालिकाको तर्फबाट भने उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष भूवन सिं घलान र सहजकर्ता अस्मिता थापाले आफ्नो प्रस्तुति दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार