Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कैलाश गाउँपालिका

कैलाश उपाध्यक्ष कप भलिबलको उपाधि ५ नम्बर वडालाई

Screenshot_20250331_21232-1743435651.jpg

१८चैत,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई  २५-१४, २३-२५, २५-१६, २५-२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले  नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
उप विजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  सेमीफाइनल खेलमा वडा ५ ले वडा २ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर ३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।  
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी  वडा ५ का धिरज लो घोषित भए भने उदयीमान खेलाडीमा वडा ४ का नमराज मोक्तान घोषित भए ।  त्यस्तै, उत्कृष्ट स्पाइकरमा वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा ५ का वीरबहादुर वाईवा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईवा घोषित भए । विधागत विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।  
खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामा, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, समाजसेवी नरेन्द्र रिजाल लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg