Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कैलाश गाउँपालिका

कैलाश ९ मा तीनवटा टोल पूर्ण सरसफाई उन्मूख समूदाय घोषणा

Screenshot_20250423_20384-1745420095.jpg

१० बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ को तीनवटा टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित  खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरेका हुन् । 
घोषणा गर्दै अध्यक्ष मुक्तानले सरसफाई र खानेपानीका सूचकलाईलाई अहिले मात्र नभई आगामी दिनहरुमा पनि पालना गर्नुपर्ने बताए  । 
सरसफाईमा महिला दिदीबहिनीको ठुलो हात रहन्छ, यस अभियानका सूचकहरुमा आगामी दिनमा यहाँहरुले नै ध्यान दिनुपर्ने जरुरी रहेको अध्यक्ष मुक्तानले भने  । 

यता गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले रोगव्यादीबाट बच्नुका साथै स्वथ्य जीवन यापनका लागि सफा पानी र सरसफाई अनिवार्य रहेको बताए । एक घर एक धारा  अभियानलाई सार्थकता दिन गाउँपालिकाले खानेपानी र सरसफाईका क्षेत्रमा साझेदारी गरी कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए । घोषणा पश्चात आगामी दिनहरुमा पनि  सूचकहरुलाई पूर्णरुपमा पालना गर्न सम्बन्धित समूह र टोलबासीहरुलाई आग्रह गरे ।  यस अभियानमा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाज  लगायत विभिन्न संस्थाहरुसँग गाउँपालिकाले साझेदारीमा खानेपानी र सरसफाईका साथै शिक्षा क्षेत्रमा काम गरिरहेको छ । घोषणाका लागि पाँच वटा सूचक र २३ वटा उपसूचकमा रहेर काम गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले बताए । कार्यक्रममा  तीनवटा टोललाई घोषणा पश्चात प्रमाणपत्र प्रदान गरिएको थियो । 
वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा भएको कार्यक्रममा  वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन,  वडा सदस्य ज्ञानबहादुर  घलान, आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्याय, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्य चौकीका प्रमुख अमित श्रेष्ठ लगायत सहकारी, विद्यालय, सुरक्षा निकायका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg