११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न सम्झौता गरेको छ।
गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको हो ।
बिहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच पालिकाको केन्द्र कालिकाटारमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताएका छन्।
विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताएका हुन् ।
तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गर्नुहुनेछ, मुक्तानले भने ।
उक्त परियोजनाका लागि गाउँपालिकाले वास परियोजनाहरुको प्राथमिककता, छनौट र कार्यान्वयनको पक्षमा सहजिकरणको भूमिका खेल्नेछ।खानेपानी परियोजनाका लागि गाउँपालिकाले कूल बजेटको न्यूनतम २५ प्रतिशत साझेदारी गर्नेछ भने उक्त कार्य उपभोक्ता समिति मार्फत गराउने अध्यक्ष मुक्तानले बताए ।
कूल बजेटमा १० प्रतिशत उपभोक्ताले साझेदारी गर्ने र ६५ प्रतिशत वाईन टु वाटरले गर्ने संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले बताए । हाम्रो तीन वर्षको सम्झौता हो, ०८५ असार मसान्तमा सम्झौता रद्द रहन्छ, उनले बताए । सम्झौता अघि खानेपानी तथा सरसफाइ योजनाको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गरिएको थियो । अध्ययनको क्रममा १२ वटा योजनाको सम्भाव्यता अध्ययन गरिएको संस्थाका राष्ट्रिय निर्देशक निजन श्रेष्ठले बताए । आगामी आवका लागि ७ वटा योजना कार्यान्वयन गरिने गरि काम अघि बढाउने उनले बताए ।
समझदारी पत्रमा अध्यक्ष मुक्तान सहित प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, संस्थाको तर्फबाट राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले हस्ताक्षर गरेका छन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















