५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम सोमबारबाट सुरु भएको हो ।
सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए । अझ हामीले १२ पास र २० वर्ष पुरा गरी विवाह गर्ने चेलीहरुलाई नगद सहित सम्मान समेत गर्दै आइरहेको मुक्तानले बताए । दीगोपनाका लागि यी यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अवस्थामा छिट्टै नै बालबालिका केन्द्रीत खेलकुदको कार्यक्रम गरिन लागेका छौं, अध्यक्ष मुक्तानले भने ।
यस अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा रहेका किशोर विद्यार्थीहरुको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज रहने बताए । अन्तरक्रियाको क्रममा उठेका साझा विषयवस्तुलाई प्रतिवेदन स्वरुप गाउँपालिकामा पेश गरिने समाजका अध्यक्ष ठकुरीले बताए । अन्तरक्रियामा मनापरामर्श र नेतृत्व विकासका विषयमा पनि छलफल गरिने उनले बताए ।
गाउँपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ । तालिमलाई बालबालिका तथा युवा क्षेत्रमा सक्रिय रहेका बालिका चौधरीले सहजीकरण गरिने तय रहेको समाजका अध्यक्ष ठकुरीले बताए । सोमबारबाट सुरु भएको तालिम शुक्रबार समापन हुनेछ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रशिक्षक बालिका चौंधरी, भवानी माध्यामिक विद्यालयका प्रअ बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















