Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको भार्तामा सिलाई कटाई तालिम समापन

FB_IMG_1748954222957-1749000461.jpg

२१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ कैलाश ८ नम्बर वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । बैशाख १६ गतेबाट सञ्चालित तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए ।  
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले  गतवर्ष झैैैैैैैँ यसवर्ष पनि सिलाईको तालिम सञ्चालन गरिएको बताए । उनले ज्ञान र सीप प्रयोगमा आएन भने बिर्सिदै जाने भएका कामलाई निरन्तरता दिनेतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् । कपडा किनेर सिलाउनको लागि मनहरी सम्म जान पर्दैन अबत्र घरमै बसेर आफ्नो सीपलाई प्रयोग गर्न अध्यक्ष मुक्तानले आग्रह गरेका थिए । 
सीप सँगै मेशिन पनि प्राप्त हुन्छ, सीपलाई निखार्दै लैजानुस्, अध्यक्ष मुक्तानले भने । सीपले आर्थिकस्तर  वृद्धि हुन्छ, हाम्रो उद्देश्य पनि ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक र सामाजिक स्तर बढोस् । सीप सिकेर उद्यमी बनिन्छ, गाउँपालिकाले पनि विभिन्न वडामा आवशयकताको आधारमा तालिम प्रदान गर्दै आइरहेको अवस्थामा सीपलाई प्रयोगमा ल्याएर व्यवहारमा उर्तानुस् उनले भने । 
व्यक्तिगत वा व्यवसायिक रुपमा होस् सीपलाई आयआर्जन सँग जोडर काम गर्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । जानेको बुझेको सीपलाई सदुपयोग गर्नुपर्ने र मेशिन खिया नलागोस्, घरमा बसेर काम गर्नुहोस्,उपाध्यक्ष मल्लले भने । 
एक महिने तालिम पश्चात सहभागीहरुलाई तीन दिने उद्यमशीलता तालिम प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । 
कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा ८का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साह लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार