Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा स्थानीय पाठ्यपुस्तक बारे छलफल र सुझाव संकलन

Screenshot_20250610_06432-1749517277.jpg

२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलन गरिएको छ। 
सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सुझाव संकलन गरिनुका साथै  गाउँ शिक्षा योजना मस्यौदाको कार्यशाला गोष्ठी भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व सहसचिव घिमिरेले विद्यालयका प्रअहरु पनि एउटा पाठ्यक्रम हुन् । यहाँहरुले नेतृत्वदायी भूमिका शिक्षकहरुले निभाउनुपर्ने बताए । आफ्नो गाउँपालिकाको विषयवस्तु र अवस्थाबारे थाहा पाउनको लागि जुन पाठ्यपुस्तक बनाएर विद्यार्थीहरुको ज्ञान क्षमता अभिवृद्धितर्फ लाग्नुभएको प्रति गाउँपालिकालाई धन्यवाद दिँदै बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्व लगायत धार्मिक तथा पर्यटन क्षेत्रको बारे ज्ञान लिन सक्ने बताए । 
कार्यक्रममा पाठ्यपुस्तकका लेखक एंव पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गरेका थिए । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु,जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली,  पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताए । 
त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उनले बताए । 
गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गरेका थिए । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, शिक्षामा समतामूलक पहुँच पुर्याउने उद्देश्य रहनुपर्ने जनाए । 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले  स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने बताए । कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखी विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने उनले बताए । कैलाशको शैक्षिकस्तर वृद्धि गर्नुछ, सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए । 
कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उनले सबैलाई आग्रह गरेका छन् । सबैको सुझाव पश्चात मात्रै गाउँशिक्षा योजनालाई सार्थकता दिईने उनले बताए ।  
कार्यक्रममा गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एंव सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रअ बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए । 
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रअहरु, बाल क्लब सञ्जालका प्रतिनिधिहरुको आतिथ्ता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार