२७ फागुन, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको नवौं स्थापना दिवसमा मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्राश्रममा सहयोग हस्तान्तरण गरिएको छ । आश्रमको लागि सोमबार १५ हजार रुपैयाँ बराबरको खानेपानी शुद्धिकरण गर्ने मेसिन र एउटा चौतारा निर्माणको लागि नगद १२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संयोजक विजय पौडेलको संयोजकत्व एवं बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अग्नीहोत्राश्रमका संरक्षक डा. सिताराम खनालको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि खनालले जेसीजको सहयोगले आश्रमको विकासमा केही राहत मिल्ने भन्दै सामाजिक गतिविधिलाई निरन्तरता दिन अनुरोध गरे । बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालले स्थापनाको ८ बर्ष पूरा हुँदै गर्दा बस्तीपुर जेसीजको आतिथ्यतामा राष्ट्रियस्तरका कार्यक्रमहरु भैसकेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा जेसीजका सल्लाहकार हरिवंश भेटवाल, कार्यकारिणी उपाध्यक्ष विदुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीजका अध्यक्ष सुनिल अधिकारीले आफ्नो कार्यकालमा यस्ता सहयोगको कार्यक्रमले निरन्तरता पाउँदै जाने जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष राममणी बर्तौला, पूर्व अध्यक्षद्वय पुस्कल न्यौपाने, विनोदकुमार बर्तौलालगायतको आतिथ्यता थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...