बकैया गाउँपालिका

बकैयामा चट्याङ लागेर मृत्यु

Chatyaaang-1506760131.jpg

सहयोग रकम हस्तान्तरण गर्दै स्काई फाउन्डेसन सदस्य प्रेम गोले ।

१४ असोज, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ भालु खोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा स्थानीय ३४ बर्षिय रामबहादुर भोम्जन रहेका छन् । पानीसंगै परेको चट्याङबाट भोम्जनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर गाउँमै उपचार गरिएको बकैया वडा नम्बर ३ का अध्यक्ष दिलबहादुर बम्जनले जानकारी दिए । मृतकका परिवारलाई स्काई फाउन्डेसनले दश हजार रुपैँया सहयोग गरेको छ । सहयोग रकम संस्थाका सदस्य प्रेम गोलेले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । 
यसअघि २०६४ सालमा धनबहादुर थिङ, २०६७ सालमा धनलक्ष्मी भोम्जन, २०७१ सालमा सोममाया घिसिङको पनि चट्याङ लागेर मृत्यु भएको थियो । पटक पटक चट्याङका कारण जनधनको क्षति हुने क्रम बढेको भन्दै स्थानीयले अर्थिङको व्यवस्था गरि क्षति न्यूनिकरण गराई दिन सरोकारवाला निकायसंग ध्यानाकर्षण गराएका छन् ।


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु
Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको...

सांसदहरुको शपथ फागुन २० मा हुने
CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन्...

जनसरोकार समितिको संयोजकमा चौलागाई
jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश
Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी...

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई
Rani-1519220241.jpg

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत...

अडानको राष्ट्रिय परिषद हेटौँडामा हुने
Audan-1519220120.jpg

९ फागुन, हेटौँडा । हेटौँडामा नेपाल अडिटर्स एसोसिएसनको चौथो राष्ट्रिय परिषद् हुने भएको छ । फागुन ११ र १२ गते हुने...

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८...

गुण्डानाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए 
Enconter-1519175152.jpg

९ फागुन, हेटौँडा । गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कार्वाहीमा मारिएका छन् । मंगलबार राति...

गढी ७ मा बस्ति संरक्षण समिति गठन
Makwanpur-1519134175.jpg

८ फागुन, हेटौँडा । मकवानपुरगढी वडा नम्बर ७ मा वडास्तरीय बस्ति संरक्षण समिति गठन भएको छ ।  मंगलबार भएको भेलाले...

थप समाचार