Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

राजा वीरेन्द्रको नाममा वियर उत्पादन गरेपछि दिईयो यस्तो चेतावनी

Birendra-Beer-1524294927.jpg

८ काठमाडौं, बैशाख । स्वर्गिय राजा वीरेन्द्र विरविक्रम शाहको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ ।

वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘बीरेन्द्र वियर’ सामाजिक संजालमा सार्बजनिक भएपछि नेपालीहरुले आलोचना गरिरहेका छन् । यस विषयमा सामाजिक संजालमा व्यापक बहस भइरहेको छ । उक्त स्वीस कम्पनीले बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको छ । बेभसाइटमा उल्लेख भए अनुसार यसको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४.४० अर्थात ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । त्यस्तै अर्को एक बोतलको मूल्य १.८५ अर्थात करिब दुईसय रुपैंयाँ पर्न आउने उल्लेख छ।

यसरी स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर आपत्ति जनाएको छ । सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखि ‘वीरेन्द्र वियर’ नामको वियर उत्पादन गरिरहेको सत्य हो भने आपत्तिजनक भनेका छन् ।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो । तसर्थ यस विषयमा सत्यतथ्य बुझि उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

साभार : इमेज खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार