Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लायन्स भवनमा कम्युनिटी सेन्टर खोल्न सुझाव

lions-club-1530536595.jpg

१८ असार, हेटौँडा । लायन्स क्लबका पूर्व डिष्ट्रिक गर्भनर राजकुमार सिन्धीले लायन्स भवनमा लायन्स कम्युनिटी सेन्टर खोल्न सुझाएका छन् ।

नेपालकै चौथो क्लबको रुपमा स्थापना भएको लायन्स क्लब अफ हेटौंडाको स्वामित्वमा रहेको हेटौंडा ४ कर्रामा रहेको भवनमा सेन्टर खोल्न कार्यक्रमका प्रमुख अतिथि सिन्धीले आग्रह गरेका हुन् । क्लबको नेतृत्व परिवर्तन संगै आगामी कार्यकाल सन् २०१८/०१९ का अध्यक्ष सुदर्शनप्रसाद अधिकारीको टिमलाई यस्तो सुझाव प्रदान गर्दै यस कार्यका लागि आफुले ब्यक्तिगत १ लाख सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । क्लबको ह्याण्ड ओभार टेक ओभर कार्यक्रमका सहभागिहरुले हेटौंडामा यस्तो सेवाको अत्यावश्यक रहेको बताए ।

क्लबका वर्तमान अध्यक्ष खड्ग गोपालीले आगामी बर्षका अध्यक्ष अधिकारीलाई घण्टी हस्तारन्तण गर्दै क्लबको आधिकारिकता प्रदान गरेका थिए । क्लबका प्रथम उपाध्यक्ष नरेन्द्र महर्जनको संयोजकत्वमा गठित आर्थिक संकलन समितिले संकलन गरेको रकम बराबरको रकम अध्यक्ष अधिकारीले ब्यक्तिगत रुपमा थपेर कोष खडा गरिने अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा लायन्स क्लबका एओजी बिष्णु गोपाल महर्जनले हेटौंडामा क्लवहरु धेरै खुलका कारण अवस्थ प्रतिष्पर्धा बढेकोमा दुःख ब्यक्त गर्दै क्लबमा अनवाश्यक राजनीतिक चलखेल र अग्रजहरुको सम्मानमा ठेस पुगेको भन्दै अग्रजको सम्मान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सिनियर डिष्टिक एडभाजर राम श्रेष्ठ, अनररी एडभाईजर बिन्दुगोपाल गोर्खाली, रिजन चियर पर्सन डा. बलराम भट्ट, जोन चियर पर्सन बिके महर्जन, अनररी एडभाईज मुक्ति गोबिन्द बैद्यलगायतले कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । क्लबको आगामी बर्षका अध्यक्ष्ँमा सुदर्शन प्रसाद अधिकारी, प्रथम उपाध्यक्षमा नरेन्द्र महर्जन, द्वितीय उपाध्यक्षमा राजु नेपाल, तृतीय उपाध्यक्षमा माधव न्यौपाने, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा हरिवंश भेटवाल रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार