Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

वडा बासिको बिमा गरेका बानियाँको वृद्धाश्रमलाई वासिङ मेसिन सहयोग

IMG_20190316_123950-1552719344.jpg

२ चैत,हेटौंडा। हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन  बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन।

 जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई  करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् ।

उनले  मकवानपुर उद्योग बाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रमअन्तर्गत् आफूलाई प्राप्त भएको लुगाधुने मेसिन आफुले प्रयोग नगरीआश्रमलाई सहयोग गरेका हुन् ।

हेटौंडाका विभिन्न आश्रमको तुलनामा ओम बृद्धाश्रममा तुलनात्मकरुपमा सहयोग कम भएकोले आफुले उपहार स्वरुप पाएको उक्त वासिङ मेसिन सहयोग गरेको बताए। उनले  अन्य आश्रममा भन्दा बढी बृद्धबृद्धा रहेको आश्रमलाई राज्यको तर्फबाट खासै सहयोग भएको नभएको कारण सानो सहयोग उपलब्ध गराएको बताए। बानियाँले यसअघि पनि उक्त आश्रमका लागि आवश्यक सिमेन्ट सहयोग उपलब्ध गराएका थिए ।

वडा अध्यक्ष बानियाँले आफ्नो वडामा आर्थिक अवस्था न्यून भएकाहरुको स्वास्थ्य वीमा गराएर देशभर चर्चा बटुलेका थिए । ‘मैले प्राप्त गरेको सेवासुविधा समेत मैले वडाको मात्र नभएर जिल्लाको विकासमा खर्च गरिरहेको छु ।’, बानियाँले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर–१४ का अध्यक्ष दीपक खड्का, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट तथा ओम बृद्धाश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललगायत सहभागी थिए । आश्रममा २८ जना बृद्धबृद्धा आश्रित छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार