Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मूख्यमन्त्री पौडेल

DM-Paudel-Janakalyan-1539449777.jpg

२७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् । 
हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको सामुहिक र ईमान्दरी प्रयासले मात्रै समृद्धि आउने बताए । उनले सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा आर्थिक समृद्धिको आधार पहिल्याउनु पर्नेमा जोड दिए । 
साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन,कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा संचारकर्मी विजय पौडेल, ज्येष्ठ शेयर सदस्य हर्कबहादुर चौलागाई, देवकुमारी अर्याल, नियमित बचत गर्ने गोपालप्रसाद पोखरेल, जुनकिरी माया डंगोल, संस्थागत शेयर सदस्य रविन्द्रकुमार गौतम र मधुकुमार दंगाल, असली कारोवारीमा देवनारायण दंगाल र लिला नेपालीलाई सम्मानित गरिएको थियो । यसैगरी शेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने उदय विडारी र गोपालराज भट्टराई, उद्यमी व्यवसायीमा धु्रवप्रसाद गौतम, स्वास्थ्यकर्मी तर्फ उत्सव चौलागाई, कर्मचारीमा सहायक व्यवस्थापक झम्कप्रसाद गौतमलाई पनि सम्मानित गरिएको थियो । 
संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, साईराम साकोसका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, नारीचेतना साकोसका अध्यक्ष ज्ञानु अर्याल, हेटौडा साकोसका उपाध्यक्ष सावित्री अधिकारी, सल्लाहकार बद्रीबहादुर पाठक, गणेशकुमार श्रेष्ठ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञानु क्षेत्री, शेयर सदस्य बालकृष्ण चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार