Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

यसकारण हेटौँडा प्रदेश राजधानी

Bijaya-1578664633.jpg

विजया श्रेष्ठ के.सी.

प्रदेश सभा ३ को हिउँदे अधिवेशन यही पुस २१ गतेबाट शुरु भै रहेको छ । पुग नपुग ४ महिनापछि शुरु भै रहेको यो अधिवेशनलाई प्रदेशले मात्र नभएर सिंगो राष्ट्रले उत्सुकताका साथ हेरिरहेको छ । कारण यही अधिवेशनमा प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्नेछ भन्ने धेरैलाई विश्वास छ ।
२३ गते दिउँसो ३ बजे शुरु भएको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन माथि औपचारिक छलफल शुरु भएको छ । २०७५ असार २६ गते नै टेबुल गरिएको र २०७६ बैशाख ३१ गते सभामुख सानुकुमार श्रेष्ठले सदनमा स्थायी राजधानी र नामाकरण टुंग्याउन कार्यविधि पेश गरेका थिए । प्रदेशसभाबाटै प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन भएको थियो र समितिले प्रतिवेदन समेत पेश गर्यो । तर प्रतिवेदनमाथि ढिलै भएपनि छलफल शुरु भई टुंगोमा पुग्ने कुरालाई धेरैले राम्रो संकेतको रुपमा लिएका छन् ।
राजधानीबारे छलफल गर्दा विविध विचारहरु आएका छन् । यसै सिलसिलामा मेरो मनमा पनि तमाम प्रश्नहरु उठेका थिए र मैले आफुले आफैलाई प्रश्न गर्दा ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौँडा नै उपयुक्त हो भन्ने लाग्यो ।
पूर्व प्रधानमन्त्री सम्मानीय शेरबहादुर देउवाको नेतृत्वको सरकारले गहन अध्ययन, अवलोकन, विज्ञहरुको सुझाव अनुसार राष्ट्रको हित हुने दरदृष्टि र दिर्घकालिन दृष्टिकोणले हेटौँडालाई अस्थायी राजधानी तोकेको कुरा सर्वविदितै छ । हाल नेकपाको बहुमतको सरकारले पछि सोही कुरालाई सरकारलाई हेटौँडा राजधानी राख्न निर्देशन दिएको कुरा हामीले सुन्यौ । संविधानको धारा २८८ (२) ले प्दान गरेको प्रदेशसभाको अधिकार हनन गरिएकोमा विरोध र खेद प्रकट गर्यौं । किनभने बृहत छलफलबाट प्रदेशको राजधानी र नामाकरण सर्वसम्मतबाट निर्णय हुनुपर्छ भन्ने मान्यता हाम्रो थियो र हामी प्रतिपक्षले पनि यो विषय टुंगो लगाउन सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने हामी सबैको धारणा रहेको छ ।
अर्को कुरा यो दुई तिहाईको प्रदेश सरकारले पूर्व सरकारले गरेको उचित निर्णयलाई अवलम्बन गरी त्यसैलाई निरन्तरता दिने निर्णय स्वागत योग्य छ जो राष्ट्रहितको पक्षमा छ । अनेक विचार, शंका उपशंका उठ्नु, बहस हुनुपर्छ जो भएको छ तर समितिले दिएको ५ वटा जिल्लाहरु काभ्रे, मकवानपुर, भक्तपुर, चितवन र नुवाकोटमध्ये मकवानपुर नै उत्तम हुनेछ भन्ने जनधारणा पनि आईसकेको छ ।
प्रदेशको अस्थायी राजधानी हेटौँडामा करिब डेढ लाख जनसंख्या भएको पुरानो हरित नगरी हो । यति मात्रै नभई विगतमा पाँच विकास क्षेत्र मध्ये मध्यमाञ्चल विकास क्षेत्रको रसुवादेखि बारासम्मको १९ जिल्लाको सदरमुकाम पनि रहेको सबैलाई अवगत नै छ । यस अर्थले पनि रणनीतिक दृष्टिले पनि स्थायी राजधानी हेटौँडा नै उपयुक्त छ । सुरक्षाको दृष्टिकोणले पनि प्रहरी र सेनाको प्रदेशस्तरीय कार्यालय समेत मकवानपुरमा रहेको दजर्नौ क्षेत्रीय कार्यालयहरुका सुविधा सम्पन्न भवनहरु रहेकोले राजधानीका लागि आवश्यक पूर्वाधारको पनि पर्याप्तता रहेको छ । हेटौँडा राष्ट्रियता, स्वाधिनता र अखण्डताको लागि पनि राजधानीका लागि उपयुक्त छ ।
व्यक्तिगत हिसाबले हेर्ने हो भने सबै माननीयहरुका लागि प्रदेशको राजधानी पनि काठमाडौं नै उपयुक्त स्थान हो । त्यहाँ हरेक सुख सुविधा छ, धेरै माननीयहरुको निवास छ तर राष्ट्रको समग्रीविकासको लागि, संघीयताको कार्यान्वयनका लागि व्यक्तिगत सुविधा न्यून स्थानमा रहन्छ ।
दुई बर्ष अस्थायी राजधानी हेटौँडामा भै सकेको छ र केही पूर्वाधार पनि निर्माण भैसकेको र धेरैको मनस्थिति पनि हेटौँडामा भएकाले राजधानी सारिरहनु पनि राष्ट्रलाई आर्थिक व्यय भार अवश्य पर्ने छ । दुई बर्षसम्म अस्थायी मनस्थिति, अस्थायी सरकार जस्तो अनुभव गरेको जनताले फेरी दुई ति बर्ष त्यही मनस्थिति र अन्यौलको वातावरणमा गुज्रनुपर्नेछ भन्ने कुरा विज्ञहरु भन्दछन् । सरकारको राम्रो प्रयासलाई हामी सबैले सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो भने जनहित विपरितको कार्यलाई खबरदारी र बिरोध गर्नु हाम्रो कर्तव्य हुन्छ । स्थायी राजधानी बनाउने कार्यलाई सघाउने हाम्रो कर्तव्य हो र हेटौँडा नै राजधानी बनाउनु जरुरी छ भन्ने मेरो धारणा छ ।
kc.bijaya@gmail.com (उनी नेपाली कांग्रेसकी प्रदेशसभा सांसद हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार