Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

कोठा तताउन हिटर प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! ज्यान जान सक्छ

कोठा तताउन हिटर प्रयोग गर्दा मकवानपुरमा ८ को मृत्यु

Hiter-1579614952.jpg

७ माघ, हेटौँडा । कोठा तताउन हिटर प्रयोग गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु जरुरी रहेको छ । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिर्सोटमा कोठा तताउन प्रयोग गरिएको हिटरका कारण अचेत भई ८ जनाको ज्यान गएसंगै यस्तो सावधानी अपनाउनु जरुरी देखिएको हो । 
जाडोयाममा हिटर प्रयोग गरी कोटा तताउने क्रम बढ्ने गरेको छ । हिटर प्रयोग नगर्दा बर्षेनी धेरेको ध्यान जाने गरेको छ । मंगलबार पनि रिसोर्टको कोठा नम्बर १०४ मा बसेका पर्यटकले कोठा तताउन हिटर प्रयोग गरेका थिए । झ्याल, ढोका बन्द गरेर हिटर चलाएका उनीहरु मंगलबार विहान ९ः३० बजे कोठा खोलेर हेर्दा अचेत अवस्थामा भेटिएका थिए ।

यो पनि पढ्नुस्
ग्याँस गिजरमा नुहाउँदा मृत्युको मुखमा पुगेका विडारीको अनुभव

कोठामा सुतेका दुई पुरुष, दुई महिला र ४ बालबालिका अचेत भेटिएका थिए । एकजनाको होटलमै र बाँकी ७ जनालाई काठमाडौंको ह्याम्स हस्पिटल पुर्याउने वितिकै चिकित्सकले मृत घोषित गरेका थिए । हस्पिटलको आकस्मिक सेवा विभागका अनुसार उनीहरुको होटलमै मृत्यु भईसकेको थियो । 
यस्तो छ खतरा
हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । मन्द विषको रुपमा लिईन रङ र गन्धहिन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ  । कहिलेकाही रिगटा लागेको वा वाकवाकी लागेपनि कतिपय अवस्थामा मानिस लठ्ठिएको जस्तो हुने र अचेत भई मृत्यु हुने गरेको छ । सुतेको अवस्था थाहै नपाई अधिकांशको मृत्यु हुने गरेको चिकित्सकहरुको अनुभव छ । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । 
यस्तो छ समस्या
टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, असावधानीका कारण अचेत भई मृत्यु हुने
कसरी जोगिने  ?
सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, बन्द कोठामा हिटर अन गरेर नगर्ने, हिटर बालेर नसुत्ने, मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका हिटरको प्रयोग नगर्दा राम्रो, हिटरको प्रयोग गर्नुको सट्टा बाक्लो सिरक ओड्ने


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार