Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

महिलाको प्रगतिका लागि आवश्यक ३ मन्त्र

Debaki-Gautam-1579791103.jpg

देबकी गौतम

एक पटक स्वामि बिबेकानन्दसंग केहि सन्त महन्त ज्यु हरुले प्रश्न गर्नु भएछ कि स्वामीज्यु हजुर सधैं युबाको मात्रै बिकासको कुरो ,युवाको मात्रै चर्चा गर्नु हुन्छ कहिले काहि त महिलाको बिकासको कुरा पनि गर्नु पर्यो । त्यस पछि स्वामि ज्युले उहाँहरुलाई केहि उपाय सोचेर भोलि आउनको लागि भनेर बिदा दिनु भएछ । भोलि पल्ट जम्मा हुनु भएका सन्तज्युहरुलाई केहि उपाय पत्ता लगाउनु भयो त तपाईहरुले भनेर प्रश्न गर्नु हुँदा,सबै महन्तज्युहरुले केहि उत्तर पाईएन, महिला जहिले अज्ञानि छन, पछाडि छन, यिनिहरुको प्रगतिको कुरा गर्नु बढो मुश्किल रहेछ । भन्ने उत्तर पाऊनु भयो । तव स्वामी बिवेकानन्द ज्युले भन्नु भयो, यदि साच्चै महिलाको स्तर उन्नति र प्रगति चाहने हो भने जम्मा ३ वटा कुरा गर्नु सर्वप्रथम महिलालाई शिक्षामा पुर्ण पहुच पुर्याउनु , मन लागेजति पढ्न दिनु त्यसपछि उनिहरु वास्तबमै के गर्न ,के बन्न चाहन्छन त्यो आफै लाई सोच्न दिनु र तेस्रो नम्बरमा त्यो आंटेको कुरा गर्न दिने हो भने मात्रै साच्चै महिलाको बिकास हुन्छ र मातृ शक्त्तिको बिकास र उन्नति भयो भने यो समाज ,राष्ट्र समृद्ध वन्छ भनेर भन्नु भएको प्रसङ्ग आज फेरि एक पटक नेपालको वर्तमान अवस्था र सन्दर्भमा मन भित्रै बाट सम्झन मन लाग्यो ।             
बर्तमान परिपेक्षमा नेपालको संबिधानमा नारी र पुरुष बराबरी ,यीदुबैमा कुनैपनि आधारमा भेदभाव गरिने छैन भनिएको छ तर बिहान उठे देखि पल्लो घरको साईलि दिदी को कुरा होस ,वा एउटा कम्पनिमा काम गर्ने सरिताको कुरा होस अथवा दिनभरि पुरुष संगसंगै कोदालो खन्दा पनि ज्यालामा बिभेद गरिएको रिताको कुरा होस अथवा सामाजिक राजनैतिक क्षेत्रमा लागेर जिवन र जवानि सामाजिक कार्यमै निष्कलंक भएर काम गर्ने शिवमाया ,राममाया आदि नाम ,पात्र र परिबेश फरक फरक भएपनि नियतिले उनि हरुको कर्म क्षेत्र फरक ,फरक भएपनि नियतवस जहिले पनि कुनै न कुनै प्रकारका बिभेदमा परिरहेका छन   िनारी हरु चाहे ति गाँउका हुन या शहरका , हुदा खाने हुन या हुनेखाने हुन, हिमालका हुन या तराईका ,पहाडका हुन या मधेशका महिला भएकै कारण उनीहरुको क्षमता माथि शंका गर्ने मानसिकता बोकेको नेतृत्व भएसम्म समानता सम्भव देखिएन ।
जवसम्म राजनितिक दल भित्रको संकुचित मानसिकता र ब्यत्तिलाई हेर्ने नजरियामा परिवर्तन हुदैन तवसम्म जति सुक्कै तिहाईको वा धार्निको सरकार आए पनि समग्र महिलाले अपनत्व लिने अवस्था देखिदैन दुइ चार जना जना छोरि बुहारी या नातागोता भएको आधारमा बिना क्षमता पदाशिन गराए भन्दैमा समग्र महिलाको बिकासमा जोडेर सन्तुष्टि मान्नुपर्ने उदाहरण बिरलै देख्न पाईन्छ । महिला भएकै कारणले कयौं शिबमायाहरु पाईला पाईलामा बिभेदमा छन् ।
अझै गहिरिएर हेर्ने हो भने समानता ,समता र सहभागिताको कुरा गरिरहदा यहा बिनाक्षमता र योग्यता पद र जिम्मेवारिको भारी थोपरेर राष्ट्रले एउटा सक्षम र लायकमान्छेको नेतृत्व पाउनबाट बन्चित होस भन्ने पक्षको बहस गर्ने खालको मान्छे म पनि हैन तर क्षमता भएका ब्यक्तिलाई महिला भएकै आधारमा अधिकारबाट बन्चितगराउदाको चित्त दुखाई मात्रै हो । अधिकारका लागि आन्दोलन, क्रान्ति र संघर्षको गीत गाएर नथाक्ने हाम्रो चलन र सँस्कार परेको वेला चरम पक्षपाती वन्छ र हरुका अधिकार अरुको अस्तित्व स्वीकार्न हच्किने पनि गरेको छ । आजको यो वेला ल्याउनका लागि नेपाली महिलाहरुले निर्वाह गरेको भुमिकालाइ नजरअन्दाज गर्ने चलन आजको होइन पुरानै हो तर यसलाइ सधैं स्थिर रहन नदिने कुरामा हाम्रो ऐक्यवद्धता र सक्रियता जरुरी छ ।
हाम्रो क्षमता र योग्यता माथि सधैं थरी थरीका प्रश्नहरु प्रहार गर्ने यो समाज र सस्कारलाइ खुलेआम चुनौती दिन हामीले धेरै पर्खालहरु नाघ्न जरुरी छ । पहिला हामीले सक्षम बन्ने र बनाउने यत्रामा इमान्दारीता नैतिकता र सक्रियता देखाउन जरुरी छ अनि त्यसपछि हाम्रो अधिकार र अस्तित्व प्राप्तीको निर्णायक तहमा महिलाको भुमिका स्थापित गर्नेतिर पनि ध्यान नदिने हो भने हाम्रा सन्न्ततिले हामीलाइ धिक्कर्न वाहेक केहि गर्छन जस्तो मलाइ लाग्दैन । हाम्रो आफनो लागि र आउने सन्ततिको लागि समेत हामीले सवै प्रकारका उल्झनहरुसंग जुध्ने हिम्मत गर्नुपर्छ किन कि शिवमायाको हार उनको मात्र होइन हाम्रो पनि हार हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार