Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

शहिद दिवस र यसको सार्थकता

Ramesh-Sir-1580396317.jpg

रमेशप्रसाद लामिछाने

माघ १६ गतेलाई शहिद दिवस भनियो । माघ १० गतेदेखि १६ गतेसम्म नै शहिद सप्ताह मनाउने भनियो । कतै औपचारिकता पनि पूरा गरियो । पछिल्लो अवस्थामा शहिद ओझेलमा परेको अनुभूति सर्वत्र गरिएको छ । राष्ट्रका उच्च पदस्थ व्यक्तित्वलाई शहिदको स्मरण गर्ने फुर्सद देखिएन । शहिद कसलाई भन्ने विषय केहि चर्चामा आएकै हो । विभिन्न कारणले मृत्यु भएकालाई शहिद घोषणा गर भन्दैमा ल हुन्छ भन्नु वास्तविक शहिदको अपमान हो । शहिदको परिभाषा स्पष्ट छ । बुझन कठिन छैन् । ती व्यक्ति जसले व्यक्तिगत स्वार्थलाई रत्ति पनि पर्वाह गरेनन् । सधै यो देशको, यो भूमिको स्वतन्त्रता, स्वाभिमान र जनताको नागरिक अधिकारको लागि लडे ,संघर्ष गरे जुन सामन्त, दलाल, नोकरशाही, पुजीवादी, निरड्ढकुश शासकलाई पचेन र आफ्ना दास चाटकार मार्फत ती राष्ट्र र जनताका पक्षघर सिपाहीलाई दबाउने, जेलहाल्ने र मार्ने हत्या गर्ने काम भयो । आफुलाई सदा शक्तिशाली सतीसालसरह उभ्याएर कुनै लोभ लालचमा नफसी मृत्यु बरण गर्ने महान व्यक्तिहरु नै शहिद हुन । उनीहरुको मृत्यु सगरमाथा भन्दापनि गह्रुगो छ । तिनै सपुतको बलिदानले आजको अवस्थामा हामी उभिएका छौं । आफु उभिएको धरातल बिर्सेर जो कोहीलाई पनि शहिदको पदवी भिराउने वा शहिदसग राष्ट्रलाई लज्जित गराउने काम कदापी राम्रो होईन । 
नेपालमा राणाकालका निरंकुशता र जहानिया शासनको अन्त्यका लागि जीवन अर्पण गर्ने गंगालाल, दशरथचन्द्र, शुक्रराज, र धर्मभक्त  शहिदको पदवीबाट सम्मान गर्न योग्य व्यक्तित्व बने, जो सदा सर्बदा अमर छन् । उही राणाकालमा पनि जीवनदान पाएका तर राष्ट्रबाट निष्काशित, अपहेलित र जेलमा राखिएकाहरुको सूची पनि लामै छ । नेपाललाई वैदेशिक हस्तक्षेप र विस्तारबाट जोगाउन जीवन बलिदान गर्नेहरु भिमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुबर आदि व्यक्तित्व राणाकाल भन्दा अघि नै शहिदको सूचीमा दर्जा भए । लखन थापा जसलाई पहिलो शहिद समेत भनिन्छ । अलिक अगाडी तर राणा कालकै अन्ततिर वि.सं. १९९८ मा जल समाधिबाट प्राण उत्सर्ग गर्ने योगमाया सहितका ६७ महिलाहरु पनि कुरीति, कुसंस्कारको अन्त्य गरी रामराज्य नेपालको सपना देख्नेहरुलाई शहिद भन्नै पर्छ । त्यस्तै राणा पश्चातको नेपालमा अनगिन्ती व्यक्तिहरुले देश र जनताको लागि संघर्ष गर्दा गर्दै मैदानमै प्राणको आहुती दिए ती सबै शहिद बने । पञ्चायती कालखण्डमा प्रजातन्त्रको लागि लड्ने विद्यार्थीवर्ग, कम्युनिष्ट वा काग्रेस भनिएका धेरै नेता तथा कार्यकर्ताले ज्यान गुमाउन प¥यौं जसले शहिदको सूची लामो बनायो । पञ्चायतको अन्त्य पश्चात पनि सयौं बलिदान भए । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापित गर्न भएका युद्ध, आन्दोलन, सडक संघर्ष जसलाई इतिहासले कदापी भुल्न सक्दैन । यी सबै देशभक्तिसग जोडिएका आफ्नो मातृभूमिको विकास रक्षार्थसग गाँसिएका आन्दोलन थिए । उक्त आन्दोलनमा नेपालका पहाडबाट होस वा मधेसबाट कुनै पनि कुनाबाट आफ्नो भूमिको लागि तमाम कुसंस्कारको अन्त्यको लागि समग्रमा राष्ट्रमा विद्यमान सबै खाले भ्रष्टाचारका बिरुद्धमा उम्लिएको रगत थियो त्यो ।

आज नेपाल गणतान्त्रिक देश भएको छ । संघीय शासन व्यवस्थामा बदलिएको छ । सात प्रदेशमा प्रादेशिक सरकार स्थापना भएको छन । ७५३ वटा स्थानीय तह स्वयंमा अधिकार सम्पन्न बनेका छन् । जनताको मतले राष्ट्रपति र प्रधामन्त्री चुनिएका छन । यो अवस्थालाई अत्यन्त महत्वपूर्ण र गम्भिर विश्लेषण गरी आत्मसात गर्नुपर्छ । राष्ट्रिय भावना, राष्ट्रप्रेम तथा राष्ट्रिय एकता अखण्डता जस्ता विषयलाई स्पष्ट बनाउनु पर्छ । प्रत्येक जिम्मेवार अंग र व्यक्तित्वले शहिदको स्मरण गर्ने पर्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म शहिद को हो ? किन शहिद भए ? हामीले शहिदको भावना किन सम्मान गर्ने, अनुसरण गर्ने ? यस्ता विषय पाठ्यक्रम पाठ्यसामग्रीमा राख्नुपर्छ । मात्र औपचारिकता पूरा गर्न एक दुईको जीवनी प्रकाशन गरेर मात्र हैन । शहिदको मर्म, मूल्य, मान्यता, विचार तथा व्यवहारलाई कुनै पनि बेला स्मरणमा प्रत्येक नागरिकले राख्नै पर्ने अवस्था हुनु जरुरी छ । 
शहिदको प्रसंग र सन्दर्भले नागरिकलाई राष्ट्रझक्त र राष्ट्रप्रेमी बनाउन मद्दत गर्छ । प्रत्येक नागरिक राष्ट्रवादी हुनै पर्छ । आफ्नो भूमिलाई माया गर्न नसक्ने रुपका मात्र मान्छेबाट देशको सपना पूरा हुदैन । यहाँको माटो शहिदका रगतले सिचित भएको छु भन्ने मर्म हरेकले बुझनुपर्छ ।विद्यार्थी, शिक्षक, कर्मचारी, राजनितिकर्मी मात्र हैन यो सबैको विषय हो । जहा देशको माया गर्ने व्यक्ति हुनछन तिनले आफ्नो कर्तव्य कहिल्यै भुल्दैनन् । जसले राष्ट्रको भलो चाहान्छन उ सधै मर्यादित हुन्छ । शहिदका सपना त्यहि विकासमा जोडिएका छन् । शहिदका भावना र विचार नै मातृभूमिको प्रगतिसग लक्षित छन् । नागरिक अधिकारसगै नागरिक कर्तव्य पनि गासिएको छ । शहिद दिवस मनाईरहदा राष्ट्रिय भावनाको विकास विस्तारसगै शहिदप्रतिको सम्मान र स्मरण एकदिन एकसाता हैन वर्षै भरी प्रत्येकदिन हुनु जरुरी छ । सदाचारको भावनाले भ्रष्टाचार ध्वंस गर्ने हो । भ्रष्टाचारको अन्त्य बिन्दुबाट समृद्ध राष्ट्र प्रारम्भ हुन्छ । यसको लागि शहिदको मार्गदर्शन अहिले पनि सान्दभिक छ ा राष्टलुटाहाबाट शहिदको सम्मान कदापी हुदैन । शहिदको मार्गदर्शन अवलम्बन गर्नु भनेको सहज र ठट्टा पनि हैन । क्षणिक भाववेशमा आएका कुरा पनि हुन सक्दैनन् । शहिद सप्ताहलाई राष्ट्रिय भावना उजागरको रुपमा व्यापक गरिनु पर्छ । प्रत्येक शिक्षण संस्था सरकारी एवम् गैरसरकारी कार्यालय, स्थानीय कार्यालय सबै ठाउमा शहिद दिवसको सार्थकता बारे व्यापक चर्चा र बहस हुनुपर्छ । शहिदलाई राष्ट्रप्रेमी व्यक्ति भनेर चिनाउनु पर्छ । 
हामीले पनि राष्ट्रलाई माया गर्न सबैखाले भ्रष्ष्टाचारको अन्त्य गरेर तमाम विकृति र विसंगतीको अन्त्य गर्नुपर्छ । व्यापक परिश्रम गर्ने अध्ययन विश्लेषण गर्ने, सीप आर्जन गरी आफुलाई राष्ट्र विकासमा समाहित गर्नुपर्छ । यो आजको आवश्यकता हो । शहिदलाई किताबको एक पेजमा हैन् मष्तिस्कमा राख्नुपर्छ । शहिदलाई मुर्तिमा एकथान माला हैन, उनका विचार र भावनालाई आफ्नो जीवन दर्शनमा जोडनुपर्छ । शहिदप्रतिको दुईशब्द हार्दिक श्रद्धाञ्जलीमा सिमित नबनी शहिदका व्यवहार हाम्रा व्यवहारसग मेल खानुपर्छ अर्थात सदाचारको अनुसरण र भ्रष्टाचार निषेध अभियानलाई योसग जोड्न सकिन्छ । रहरले जीवनको बलिदानी पक्कै भएको हैन । म शहिद बन्न चाहान्छु ल यहा गोली हान वा काट भनेर कसैले भन्दैन । शहादत परिवेशको उपज हो । शासकको नीच र कायरतापूर्ण चरित्र हो । दुनियामा धेरै जनाले राष्ट्रको लागि जीवनको बलिदान दिएका छन् । 
 हाम्रो अभिप्राय शहिदको संख्या बढाउने हैन तर शहिदको विचार र भावना फलाउने चाही पक्कै हो । अब कसैले शहिद बन्न नपरोस हाम्रो धारणा हो । सगै आम नागरिकमा शहिदका मर्मस्पर्सी पीडाहरुको अनुभूत र प्रवाह हुनैपर्छ । शहिदलाई हेर्ने बुझने स्पष्ट दृष्टिकोणको व्याख्या राज्यले गनुपर्छ । अलमल र हतारमा हैन । हामी शहिदको अवमूल्यन कदापी चाहदैनौं । शहिदप्रति अपव्याख्या गर्ने छुट कसैलाई छैन । शहिद दिवसको सार्थकता यसैमा छ । शहिद सप्ताहको सफलता नै त्यहा छ जहा शहिदहरु मर्यादित बनेका छन् । सगै शहिद परिवारको स्मरण, उनीहरुको अवस्था र राज्यको अभिभारा अर्को छोड्न नसकिने विषय हो । शहिदका परिवार को कहा कसरी बाचेका छन् । यो सातामा राज्यले तिनको सम्पर्क खोजी र सम्मान गर्न सकेको भए थप सकारात्मक बन्न सक्थ्यो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

थप समाचार