Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

सुचना सञ्चार प्रविधिको मानव जीवनमा प्रभाव

Deep-1583502036.jpg

दिप न्यौपाने, हेटौंडा

सुचना प्रविधी, एकिकृत सञ्चार र टेलिकम्यूनिकेशनको संयोजनले नै सुचना सञ्चार प्रविधीको विकास सम्भव भएको छ । सुचना प्रविधीभित्र विषेशत कम्प्यूटरको प्रयोगबाट विभिन्न सुचना संग्रहित गर्ने, पूर्नप्रयोग गर्ने, तथ्यांक र जानकारीहरुको विष्लेषण गर्ने आदि पर्दछन् । यो व्यक्तिगत वा मनोरञ्जनका लागि भन्दा पनि व्यवसायिक परिपे्रक्षमा प्रयोग गरिन्छ । 
त्यस्तै शुरुका दिनहरुमा एकिकृत सञ्चार प्रविधीहरु सन्देश, ईमेल, वेब साइट, भिडियो आदिलाई व्यवसायिक प्रयोजनकालागी बढी प्रयोग भए तापनि यसको व्यापकता बढदै गएको पाइन्छ । सामान्यता संकेत, सन्देश, लेख, तस्विर, अवाज, सूचना आदि कुनै किसिमको विद्युतीय साधनबाट प्रवाह हुने पद्धतीलाई टेलीकम्यूनिकेशन भन्ने बुझिन्छ । यसले मानिसको जिवनमा प्रत्यक्ष वा परोक्ष, सकारात्मक र नकरात्मक असर पारिरहेको छ । विशेष गरी हाम्रो दैनिक जीवन, सामाजिक सञ्जाल र सञ्जालिकरण, शिक्षा, स्वास्थ्य, वाणिज्य, बैंकिङ, रोजगारी आदिमा यसले ठुलो असर पारेको हुन्छ । यी प्रविधीको प्रयोगले मानवजीवनको हरेक पक्षहरुलाई प्रभाव पार्दछ । 
मानिसको सामाजिक जीवनमा हुने विविध क्रियाकलाप, तौरतरिका र समग्र मनोसामाजिक पक्षमा समेत यसको व्यापक प्रभाव परेको विभिन्न अध्यनले देखाएको छ । मानिसको सामाजिक जीवनसंग जोडिएको विभिन्न पक्षहरु, स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक, धार्मिक, सांस्कृतिक लगायत सामाजिक व्यवहार, बौद्धिकता, सिर्जनशिलता र तार्किकता आदिमा सुचना सञ्चार प्रविधिको ठुलो प्रभाव पारेको छ । राजनीतिक, आर्थिक र सामाजिक पक्षहरुको परिवर्तनमा यसले अहम् भूमिका खेल्दछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र र सिंगै अन्तराष्ट्रिय जगतलाई नै साँघुरो बनाएर समाजिक जीवनका आयामहरुलाई एक अर्कासंग सम्बन्धित गर्दै विश्वमा भाइचाराको भावना विकासमा मद्दत पुगेको छ । 

 

यस भित्रमा नवजिवनका सकारात्मक र नकारात्मक दुबै किसिमका प्रभावहरु पर्दछन् । यसले मानिसको दैनिकी व्यवस्थापन गर्ने, सहज बनाउने सामाजिक सम्बन्धलाई कायम र विकास गर्न मद्दत गर्ने, सुचना तथा जानकारी आदानप्रदान, सञ्चार र स्वरोजगार, ज्ञान प्राप्तिमा सहयोग, स्वास्थ्य साक्षरता र चेतना अभिवृदि गर्न मद्दत गर्ने जस्ता पक्षहरुलाई सकारात्मक प्रभावको रुपमा लिन सकिन्छ भने समाज र समाजिक जीवनलाई विकेन्द्रित गर्न, शारिरीक कार्यमा कमी हुनु, असुरक्षाको सम्भावना बढ्नु, प्रत्येक्ष भेटघाट र कुराकानीका कमी आउनु आदि नकारात्मक प्रभावको रुपमा लिन सकिन्छ । 
यसले मानवीय जीवनका महत्वपुर्ण पक्षसंगै सामाजिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । कुनै सुचना प्रवाहको लागि हप्ता,महिनासम्म समय लाग्ने अवस्था हटेर यति ठुलो ब्रम्हाण्ड भरि फैलिएको मानव संसारलाई एकै क्षणमा नियाल्न, बुझन र देख्न सकिने अवस्थाको सिर्जना भएको छ । जसले आर्थिक विकासमा समेत टेवा पुर्याएको छ र दैनिक जीवनमा सहजता ल्याएको छ । यद्यपि यस्ता प्रविधीहरुका अत्याधिक प्रयोगले मानिसको मनोसामाजिक स्वास्थ्य अवस्थालाई असर पारिरहेको छ । जसले विभिन्न अमानवीय व्यवहार र अपराधिक क्रियाकलापहरु गर्न मानिसहरुलाई प्रेरित गर्दछ भने अर्कातिर मानिसको सिर्जनशिलतामा पनि ह्रास आइरहेको पाइन्छ । 
नेपालको सम्बन्धमा हेर्ने हो भने सिमित श्रोतसाधन, बेरोजगारी, आर्थिक सामाजिक भिन्नतासंग लडिरहेको हाम्रो समाज कालान्तरमा सुचना र सञ्चारको सञ्जाल प्रयोग व्यवस्थीत र उद्धेश्यपरक बनाउन जरुरी छ । अन्यथा यसले मानवीय संवेदनशिलतालाई समेत नकारात्मक असर पार्दै समाजलाई उल्टो गतितिर धकेल्न सक्छ । यति हुँदाहुँदै सुचना र सञ्चार प्रविधिको समुचित र अर्थपुर्ण प्रयोगले मानव जीवनलाई सहजता प्रदान गर्दै समग्र विकासमा समेत टेवा पुर्याउछ । सूचना प्रविधिको प्रयोगलाई सकारात्मक ढंगले गर्दा समाज रुपान्तरणमा समेत टेवा पुग्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार