Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

पैदल नै गन्तव्यमा जाँदै गरेका श्रमिकप्रतिको उदासिनता

Bijaya-Paudel-1586789898.jpg

- विजय पौडेल

विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाईरसका कारण हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसको संक्रमणले विश्वका २ सय १० वटा मुलुकहरुमा आफ्नो कब्जा जमाईसकेको छ । १ लाख १६ हजार भन्दा बढी मानिसहरुको मृत्यू भईरहँदा १८ लाख ७२ हजार मासिनहरु यसको जोखिममा रहेका छन् । शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत प्रभावित पारेको यस महामारिले उग्र रुप धारण गर्ने पक्का छ । शक्ति सम्पन्न राष्ट्रहरु अमेरिका, चीन, इटाली, स्पेनलगायतका देशहरुमा भएका स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुले समेत यस संक्रमणको लागि पर्याप्त काम गर्न सकेनन् । जसको फलस्वरुप विश्वनै यस रोगबाट आईपर्ने विपत्तिको सामना गर्न बाध्य भएका छन् । 
विकसित राष्ट्रहरुले सामना गर्न नसकेको यस प्रकोपको नेपालसहित अन्य विकासोन्मुख राष्ट्रहरुका लागि यो संक्रमण अभिषाप बन्दैछ । विकासको गतिमा बामे सर्दै गरेको हाम्रो देशको विकासको गतिलाई यस संक्रमणले ५ वर्ष पछाडि सार्ने पक्का छ । २०७२ सालमा गएको विनाशकारी महाभूकम्प र त्यसपछि छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दीका कारण थलिएका नेपाली नागरिकहरुलाई कोरोना भाईरसका कारण ठुलै धक्का परेको छ ।  यसबाट अति सम्पन्न वर्ग देखी विपन्न वर्गसम्मलाई असर परेको छ । नेपाल सरकारले पनि आफ्नो देशका नागरिकहरुलाई यस रोगबाट बचाउनको लागि प्रयास भने गरेको छ । तर, नेपाल सरकारले गरेको प्रयास पर्याप्त भने छैन । २०१९ को अन्तिमबाट शुरु भएको यस रोगको संक्रमणले विश्वलाई नै आक्रान्त पार्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने निर्णय ग¥यो । सरकारले गरेको निर्णयलाई आम जनताले कतिसम्म सहयोग गरेका छन् भन्ने विषय पनि हामी सबैलाई सर्वविधितै छ । 
नेपालीहरुको संस्कार र संस्कृतिका कारण पनि लकडाउनको प्रभावले नेपालीहरुलाई खासै छोएन । सरकारले चैत १० गते लगडाउन गर्ने निर्णय गरेर ११ गतेदेखी निर्णय कार्यान्वयन गराउँदा यसबाट आम नागरिकमा जनतालाई परेको असरको सरकारले मुल्याङ्कन समेत गर्न सकेन । काम विशेषले एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका मानिसहरुलाई आफ्नो गन्तव्य सम्म पुग्न की ११ गते रातभरी हिड्नुप¥यो कि जहाँ पुगेको छ त्यही बस्नुप¥यो । त्यो भन्दा अर्को विकल्प अर्को नभएपछी कतिपय मानिसहरु रातारात गरेर घर फर्किए भने कतिपय मानिसहरु आजसम्म पनि घर सम्म आईपुग्न सकेका छैनन् । ठूलाठूला औद्योगिक घरानाका उद्योगपतिहरुलाई भन्दा कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पालिरहेका श्रमिकहरुलाई यसले असर पारेको छ । घर परिवार छाडेर दैनिक ज्यालादारीमा निस्केका श्रमिकहरु आफ्नो गन्तव्यसम्म पुग्नका लागि अन्य उपाय नभएपछि हिडेर घरसम्म पुग्न बाध्य भएका छन् । सरकारले दैनिक ज्यालादारी गर्न नपाएपछी हिडेरै गन्तव्यमा पुग्न खोज्ने श्रमिकहरुको पीडा भने बुझ्न सकेन । काम नभएपछि खानेकुराको समेत अभाव भएपछि घर हिडेका श्रमिकहरुलाई सरकारले घरसम्म पु¥याउने बातावरण मिलाउन सकेन । उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर सडकमा हिडेर घर पुग्न खोज्ने श्रमिकहरुलाई पनि कुटपिट गर्ने काम समेत भईरहेको छ । पैदल नै गन्तव्यसम्म पुग्न चाहनेहरुका लागि सरकारले आजको दिनसम्म पनि कुनै कदम भने चालेको छैेन । तेश्रो चरणको लकडाउन गर्ने तयारीमा रहेको सरकार यसरी श्रमिक वर्गहरुको बेवास्ता गर्दा पैदल हिडेर गन्तव्यमा पुग्ने मजदुरहरु आफ्नो र अरुको स्वास्थ्यमा खतरा समेत बनेका छन् । 
सडकमा हिडेका नागरिकहरु पनि संघीयदेखि स्थानीय सरकारले आफ्नै नागरिकहरु हुन् भन्ने कहिले बुझ्ने ? देशका विभिन्न स्थानबाट हिडेर श्रमिकहरु कहिले आफ्नो गन्तव्यसम्म पुग्न हिडेकाहरु लखतरान परेर दुर्घटना हुने अवस्था एकातर्फ छ भने कोरोनाको जोखिममा छन् । उनीहरुबाट श्रमिकहरुलाई कसरी जोगाउने ? यस विषयमा सरकार गम्भिर नबन्ने हो भने भोलीको दिनमा देश विकासमा खटिने यी श्रमिक वर्गहरु के आधारले आफ्नो श्रम बेच्छन । विकास निर्माणको काममा सक्रिय रुपमा सहभागिता जनाउने श्रमिकहरुको सुरक्षाका लागि सबै तहको सरकार उदासिन छन् । सडकमा हिड्ने श्रमिकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला हुँदै घरसम्म पु¥याउने व्यवस्था सरकारले गर्नुपर्छ नभए कुनै निस्चित स्थानमा क्वारेन्टाईनको व्यवस्था गर्दै दुई छाक टार्ने व्यवस्था गर्नुपर्छ । 
देशको अवस्था सदैव एकनास हुँदैन । कोरोनाको संक्रमणबाट मुक्त भएपछि विकासको गतिलाई तीव्र बनाउनुपर्छ । विकासको गतिलाई बढाउन सरकारलाई श्रमिकको साथ सदैव आवश्यक छ । यसरी अलपत्र परेका नागरिकलाई कि सुरक्षित साथ गन्तव्यमा पुग्ने व्यवस्था गर्नुपर्छ कि सम्बन्धित तहमा राम्रो बसोबासको व्यवस्था गर्नु जरुरी देखिएको छ । अन्यथा अव्यवस्थित ढंगले लावालस्कर हिड्ने यस्ता मदुजुर आफ्नै र अरुणको ज्यानका लागि खतरा बन्न सक्छन् । ध्यान जानु जरुरी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

थप समाचार