- विजय पौडेल
विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाईरसका कारण हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसको संक्रमणले विश्वका २ सय १० वटा मुलुकहरुमा आफ्नो कब्जा जमाईसकेको छ । १ लाख १६ हजार भन्दा बढी मानिसहरुको मृत्यू भईरहँदा १८ लाख ७२ हजार मासिनहरु यसको जोखिममा रहेका छन् । शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत प्रभावित पारेको यस महामारिले उग्र रुप धारण गर्ने पक्का छ । शक्ति सम्पन्न राष्ट्रहरु अमेरिका, चीन, इटाली, स्पेनलगायतका देशहरुमा भएका स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुले समेत यस संक्रमणको लागि पर्याप्त काम गर्न सकेनन् । जसको फलस्वरुप विश्वनै यस रोगबाट आईपर्ने विपत्तिको सामना गर्न बाध्य भएका छन् ।
विकसित राष्ट्रहरुले सामना गर्न नसकेको यस प्रकोपको नेपालसहित अन्य विकासोन्मुख राष्ट्रहरुका लागि यो संक्रमण अभिषाप बन्दैछ । विकासको गतिमा बामे सर्दै गरेको हाम्रो देशको विकासको गतिलाई यस संक्रमणले ५ वर्ष पछाडि सार्ने पक्का छ । २०७२ सालमा गएको विनाशकारी महाभूकम्प र त्यसपछि छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दीका कारण थलिएका नेपाली नागरिकहरुलाई कोरोना भाईरसका कारण ठुलै धक्का परेको छ । यसबाट अति सम्पन्न वर्ग देखी विपन्न वर्गसम्मलाई असर परेको छ । नेपाल सरकारले पनि आफ्नो देशका नागरिकहरुलाई यस रोगबाट बचाउनको लागि प्रयास भने गरेको छ । तर, नेपाल सरकारले गरेको प्रयास पर्याप्त भने छैन । २०१९ को अन्तिमबाट शुरु भएको यस रोगको संक्रमणले विश्वलाई नै आक्रान्त पार्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने निर्णय ग¥यो । सरकारले गरेको निर्णयलाई आम जनताले कतिसम्म सहयोग गरेका छन् भन्ने विषय पनि हामी सबैलाई सर्वविधितै छ ।
नेपालीहरुको संस्कार र संस्कृतिका कारण पनि लकडाउनको प्रभावले नेपालीहरुलाई खासै छोएन । सरकारले चैत १० गते लगडाउन गर्ने निर्णय गरेर ११ गतेदेखी निर्णय कार्यान्वयन गराउँदा यसबाट आम नागरिकमा जनतालाई परेको असरको सरकारले मुल्याङ्कन समेत गर्न सकेन । काम विशेषले एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका मानिसहरुलाई आफ्नो गन्तव्य सम्म पुग्न की ११ गते रातभरी हिड्नुप¥यो कि जहाँ पुगेको छ त्यही बस्नुप¥यो । त्यो भन्दा अर्को विकल्प अर्को नभएपछी कतिपय मानिसहरु रातारात गरेर घर फर्किए भने कतिपय मानिसहरु आजसम्म पनि घर सम्म आईपुग्न सकेका छैनन् । ठूलाठूला औद्योगिक घरानाका उद्योगपतिहरुलाई भन्दा कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पालिरहेका श्रमिकहरुलाई यसले असर पारेको छ । घर परिवार छाडेर दैनिक ज्यालादारीमा निस्केका श्रमिकहरु आफ्नो गन्तव्यसम्म पुग्नका लागि अन्य उपाय नभएपछि हिडेर घरसम्म पुग्न बाध्य भएका छन् । सरकारले दैनिक ज्यालादारी गर्न नपाएपछी हिडेरै गन्तव्यमा पुग्न खोज्ने श्रमिकहरुको पीडा भने बुझ्न सकेन । काम नभएपछि खानेकुराको समेत अभाव भएपछि घर हिडेका श्रमिकहरुलाई सरकारले घरसम्म पु¥याउने बातावरण मिलाउन सकेन । उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर सडकमा हिडेर घर पुग्न खोज्ने श्रमिकहरुलाई पनि कुटपिट गर्ने काम समेत भईरहेको छ । पैदल नै गन्तव्यसम्म पुग्न चाहनेहरुका लागि सरकारले आजको दिनसम्म पनि कुनै कदम भने चालेको छैेन । तेश्रो चरणको लकडाउन गर्ने तयारीमा रहेको सरकार यसरी श्रमिक वर्गहरुको बेवास्ता गर्दा पैदल हिडेर गन्तव्यमा पुग्ने मजदुरहरु आफ्नो र अरुको स्वास्थ्यमा खतरा समेत बनेका छन् ।
सडकमा हिडेका नागरिकहरु पनि संघीयदेखि स्थानीय सरकारले आफ्नै नागरिकहरु हुन् भन्ने कहिले बुझ्ने ? देशका विभिन्न स्थानबाट हिडेर श्रमिकहरु कहिले आफ्नो गन्तव्यसम्म पुग्न हिडेकाहरु लखतरान परेर दुर्घटना हुने अवस्था एकातर्फ छ भने कोरोनाको जोखिममा छन् । उनीहरुबाट श्रमिकहरुलाई कसरी जोगाउने ? यस विषयमा सरकार गम्भिर नबन्ने हो भने भोलीको दिनमा देश विकासमा खटिने यी श्रमिक वर्गहरु के आधारले आफ्नो श्रम बेच्छन । विकास निर्माणको काममा सक्रिय रुपमा सहभागिता जनाउने श्रमिकहरुको सुरक्षाका लागि सबै तहको सरकार उदासिन छन् । सडकमा हिड्ने श्रमिकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला हुँदै घरसम्म पु¥याउने व्यवस्था सरकारले गर्नुपर्छ नभए कुनै निस्चित स्थानमा क्वारेन्टाईनको व्यवस्था गर्दै दुई छाक टार्ने व्यवस्था गर्नुपर्छ ।
देशको अवस्था सदैव एकनास हुँदैन । कोरोनाको संक्रमणबाट मुक्त भएपछि विकासको गतिलाई तीव्र बनाउनुपर्छ । विकासको गतिलाई बढाउन सरकारलाई श्रमिकको साथ सदैव आवश्यक छ । यसरी अलपत्र परेका नागरिकलाई कि सुरक्षित साथ गन्तव्यमा पुग्ने व्यवस्था गर्नुपर्छ कि सम्बन्धित तहमा राम्रो बसोबासको व्यवस्था गर्नु जरुरी देखिएको छ । अन्यथा अव्यवस्थित ढंगले लावालस्कर हिड्ने यस्ता मदुजुर आफ्नै र अरुणको ज्यानका लागि खतरा बन्न सक्छन् । ध्यान जानु जरुरी छ ।
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...


















