३ बैशाख, हेटौंडा । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न अहिले लकडाउन गरेको छ । अहिले सबैमा कोरोनाको त्रास समेत छ । मकवानपुरमा पनि कोरोनाको आशंका गदै स्वास्थ्य संस्थामा जाँच गराउन आउनेहरु बढ्न थालेका छन् ।
मकवानपुरका स्वास्थ्य संस्थाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु जाँच गर्न आउने क्रम बढेको हो । कोरोनाको लक्षणसंग मिल्ने ज्वरो र खोकी लागेका विरामीहरु आफुलाई कोरोना नै भएको हो कि भन्ने आशंका गर्दै जाँच्न स्वास्थ्य संस्थामा आउने गरेका छन् । आएका विरामीलाई स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीले जाँच गरी परामर्श दिएर पठाउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकले बताए ।
अधिकांश सरकारी स्वास्थ्य संस्थाले ‘ज्वरो क्लिनिक’ नै संचालन गरेर ज्वरोका विरामीलाई छुट्टै जाँच्ने व्यवस्था मिलाएका छन् । जसले गर्दा अन्य सेवा लिन आएका विरामीलाई सहज समेत भएको छ । नीजि मेडिकल पसलले पनि कोरोनाको डर बोकेर औषधी लिन आउनेहरुलाई सम्झाएर कोरोना र मौसमी ज्वरोबीचको फरक बुझाएर पठाउने गरेको हेटौंडा–६ मा रहेको आयु पोलिक्लिनिकका संचालक उत्सव चौलागाईले बताए ।
कोरोनाको त्रास विश्वभर फैलिएको अवस्थामा आफ्नो स्वास्थ्यमा आएको समस्या कोरोनाकै कारण हो कि भन्ने डर पाल्नु भन्दा नजिकको स्वास्थ्य संस्थामा पुगि जाँच गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...