Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २८ सय बढीको मृत्यु 

12-1587518927.jpg

१० बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ८ सय ४ जनाको ज्यान गएको छ । 
यो संख्या अमेरिकामा एकैदिन मृत्यु हुने संक्रमितको संख्याको अहिले सम्मकै सबैभन्दा बढी हो । विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४५ हजार ३ सय १८ पुगेको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ८ लाख १८ हजार ७ सय ४४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ एकैदिन थप २५ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १४ हजार १६ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने ८२ हजार ९ सय २३ जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म १९ हजार ६ सय ९३ जनाको ज्यान गएको छ । यहाँ एकैदिन ७ सय ६४ जना संक्रमितको मृत्यु भएको छ । 
२ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको न्युयोर्कमा एकैदिन ४ हजार ४ सय ६१ जना नयाँ संक्रमित थपिएका छन । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ९२ हजार ३ सय ८७ जना संक्रमित भएका छन भने ४ हजार ७स य ५३ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेट राज्यमा ४१ हजार १ सय ९९ जना संक्रमित छन भने १ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका अन्य राज्यहरु मिचिगनमा २ हजार ७ सय, लुसियानामा १ हजार ४ सय ५,  क्यालिफोर्नियामा १ हजार २ सय ९८, इलिनोइसमा १ हजार ४ सय ६८, कनेक्टिकटमा १ हजार ४ सय २३, पेन्सिलभानियामा १ हजार ६ सय १४ जनाको मृत्यु भईसेकेको छ । 
कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका अन्य राज्यमा पनि मृतक र नयाँ संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार